२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरीबन्धुबारे अनुसन्धान गर्न विश्वप्रकाशको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी-इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले काँग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको बताए ।

यो भाष्यलाई गलत साबित गर्न गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने उनले बताएका हुन् ।

‘गिरीबन्धुको ७० बिघा बेचेर खाएको भनेर कांग्रेसमाथि गम्भीर आरोप लागेको थियो । प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु काँग्रेसका ती को हुन् रु तिनले छुट पाउनुहुन्न । यो आरोपको छानबिन गरियोस्,’ शर्माले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्दा माओवादी र काँग्रेसको सरकार रहेको उनले स्मरण गरे । एमालेले पनि सरकारमा पुगेसँगै यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको आग्रह छ ।

‘जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरण खुलेको थियो त्योबेला काँग्रेस र माओवादीको सरकार थियो । अहिले सरकारमा एमाले आइपुगेको छ । यो परीक्षामा हामीसँगै सामेल छ । यसलाई निष्कर्षमा पुर्‍याउनका लागि,’ उनले भने ।

शर्माले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि यही हो । निर्दोष कोही फस्नुहुन्न । दोषी कोही उम्कनुहुन्न ।’

प्रतिक्रिया दिनुहोस