२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुवातास खेल्ने गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

घलेसहित काठमाडौँ महानगरपालिका-६ घर भएका ७३ वर्षीय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका–११ का ३६ वर्षीय चीनकुमार गोले, सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ घर भएका ३८ वर्षीय दिनेश सुनार, काठमाडौँ–६ का ५२ वर्षीय प्रवीण लामाविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

त्यस्तै थाहा नगरपालिका-११ का ४४ वर्षीय बिष्णुकमार दोङ, सोही ठाउँका ४४ वर्षीय सुमन गोले, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का ४४ वर्षीय कबिराज भन्ने शुक्र सुनार, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-३ का ३१ वर्षीय ऋतिक राउत र काठमाडौँ-६ का ६२ वर्षीय राजु तामाङ विरुद्ध मुद्दा दायर भएको छ ।

५ साउनमा कपनबाट उनीहरूलाई प्रहरी प्रभाग कपनको टोलीले पक्राउ गरेको थियो । हाल पक्राउ परेका रमेश लामाले गाउँपालिका अध्यक्ष घलेको अढाई तले घर भाडा लिएर बसेका थिए । सोही घरको छतमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूबाट १ लाख ३६ हजार ५ सय रुपैयाँ पनि बरामद भएको थियो भने जुवा खेल्न प्रयोग हुने ३७ थान क्वाइन र ६ बुक तास बरामद भएको थियो । पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस