काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका नेता-कार्यकर्ताहरूले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आज बिहान उद्घाटन गर्दै देउवाले सो धारणा राखेका हुन् । पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसका नेता-कार्यकर्ताहरुमा अध्ययन गर्ने बानी बस्ने उनले विश्वास व्यक्त गरे ।
सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।
बीपी कोइराला राजनीति, साहित्य लगायत हरेक कुरामा सक्षम रहेको भन्दै देउवाले बिपीको योगदान अविस्मरणीय रहेको बताए ।