पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७४, सोमबार


काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गरेसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गरेका थिए। समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधान सेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए ।

प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच केहीबेरमै औपचारिक रुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुनेछ ।

छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस