४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीका सपना गोड्दै राजमंगल

अ+ अ-

काठमाडौं । हरेक अभिभावकको सपना हुन्छ, ‘मेरो नानी–बाबु राम्रो स्कुलमा पढोस्, अरुभन्दा जान्ने सावित होस् र एक्सिलेन्ट बनोस् ।’ त्यसका लागि हरेक अभिभावक आफ्ना बालबालिकालाई राजधानीमा हो भने सेनमेरिज, सेनजेभियर्स, रातोबंगलाजस्ता विद्यालयमा पढाउन रुचाउँछन् । तर हरेकलाई त्यो सम्भव छैन ।

यही असम्भवलाई सम्भव बनाउने काममा लागेका छन् आर एम झा । सन २००२ देखि क्यारिअर कोचिङ सेन्टर स्थापना गरेर झाले अभिभावकका यस्तै सपना गोडमेल गरिरहेका हुन् । ‘राम्र स्कुलमा बालबालिका पढाउने रहर सबैको हुन्छ’, झाले भने, ‘समुदायमा रहेका विद्यालयको कोर्षमा एकरुपता छैन, जसले नाम चलेका भनिएका विद्यालयको प्रवेश परीक्षा नै पास गर्न गाह्रो छ ।’

सेन्टरका सञ्चालक झा विभिन्न सामान्य विद्यालयमा पढिरहेका विद्यार्थीलाई एकैथलोमा राखेर शिक्षामा एकरुपता दिन्छन् । सेनजेभियर्स, सेनमेरिज, रातोबंगला लगायतका विद्यालयमा पढ्नसक्ने गरी तयार बनाउँछन् । ‘हामी विद्यार्थीलाई मात्र होइन, अभिभावकलाई पनि तयार पार्छौं, विद्यालयसम्बन्धी जानकारी दिन्छौं’, झाले भने, ‘हामी तहअनुसारको तयारी गराउँछौं, जो त्यहाँको परीक्षाका लागि योग्य बन्छन्, कतिपयको नाम निस्केन भने पनि पढिरहेकै विद्यालयमा अरुभन्दा सक्षम बन्छन् ।’

क्यारियर एकेडेमीमा पढ्न आउनेमध्य करिब ९८ प्रतिशत विद्यार्थीले नाम निकाल्ने गरेको दावी उनको छ । करिब १६ वर्षको दौरानमा क्यारियरमा पढेका ९ सय विद्यार्थी सेनजेभियर्स, सेनमेरिज र रातो बंलगालगायतमा अध्यन गरिरहेको झाले बताए । आफूले सेनजेभियर्समा पढाउँदा भर्ना हुन आउने विद्यार्थी र त्यहाँ लिइने परीक्षाका बीच देखिएको ठूलो भिन्नताले क्यारियर एकेडेमी खोल्न प्रेरित गरेको झाले बताए । ‘बजारमा स्थापना भएका विद्यालयमा जथाभावी शैक्षिक करिकुलम छ, एकरुपता छैन’, झाले भने, ‘जहाँसुकै पढे पनि विद्यार्थीको शैक्षिक स्तर एक होस भनेर मैले यो सुरुवात गरेको हुँ ।’ अहिले उनले यसकै विकल्पका रुपमा मेरो स्कुल नामको प्रि स्कुलनै सञ्चालनमा ल्याएका छन् ।

क्यारियर एकेडेमीमा पढेर नाम चलेका नेता, प्रहरीका एसएसपी, डिएसपी, विद्यार्थी नेताका छोराछोरीले समेत स्थापित स्कुलमा भर्ना पाएका छन् । उनले वार्षिक रुपमा निकाल्ने जर्नलमा तीं व्यक्तिहरुका मन्तव्य र धन्यवाद पनि त्यहाँ छापिएका छन् ।

प्रतिक्रिया दिनुहोस