२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर

अ+ अ-

वस्तुगत प्रश्नोत्तर

१. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१८ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
– न्युजिल्यान्ड
– १८० राष्ट्र समेटी तयार पारिएको सो प्रतिवेदनमा नेपाल १२२ औँ स्थानमा रहेको ।
– प्रतिवेदन अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सोमालिया रहेको ।
– दक्षिण एसियाली राष्ट्रमा भुटानः २६ औँ, भारतः ८१ औँ, श्रीलङ्काः ९१ औँ, माल्दिभ्सः ११२ औँ, पाकिस्तान – ११७ औँ, नेपाल – १२२ औँ, बङ्गलादेशः १४३ औँ र अफगानिस्तान १७७ औं स्थानमा रहेका ।

२. सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ?
– वि.सं. २०७४ फागुन १०
(यातायात व्यवस्था विभागले २०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको । आवश्यक तयारी नभएको एवम् देवनागरी लिपिमा नभएको भन्दै इम्बोस्ड नम्बर प्लेटको आलोचना हुँदै आएको ।)

३. एसिया प्रशान्त क्षेत्रीय सञ्चालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ?
– काठमाडौं (वि.सं. २०७४ फागुन ७–१५)

४. काठमाडौं महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१८ फेब्रुअरी २६
(दुई ठूला राजधानी सहर बीचको सम्बन्धबाट नगरका नागरिकलाई मात्र नभई दुईवटै देशका लागि फाइदा पुग्ने विश्वास गरिएको ।)

५. हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?
– आङ्रिता शेर्पा
(अक्सिजन बिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मानस्लु, लेल्से, अन्नपूर्ण, धौलागिरी, माउन्ट के टु लगायतका दर्जनौँ हिमाल पनि बिना अक्सिजन नै आरोहण गरी हिहमालको हिरोका रुपमा चिनिने आङ्रिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका ।)

६. वि.सं. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकरण गर्यो ?
– कर्णाली प्रदेश
(उक्त बैठकले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर (सुर्खेत) तय गरेको)

७. ‘मानिसले दयालाई कहिल्यै बिर्सनुहुँदैन किनभने दया नै धर्मको जरो हो’ भन्ने विचारक को हुन् ?
– तुलसीदास

८. हरेक चार वर्षमा प्रदान गरिने चार लाख रुपियाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित (२०७४ मा) हुने स्रष्टा को हुन् ?
– डा. तारानाथ शर्मा

९. वि.सं. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि कसले जित्यो ?
– नेपाल एपीएफ क्लब
(उपाधिसँग एपीएफले पाँच लाख र उपविजेता पूर्वाञ्चलले दुई लाख नगद पुरस्कार प्राप्त गरेका।)

१०. ‘शिक्षा सबैभन्दा ठूलो हतियार हो, जसबाट संसार फेर्न सकिन्छ’ भन्ने विचारक हो हुन् ?
– नेल्सन मन्डेला


विषयगत प्रश्नोत्तर

१. नेपाल इन्जिनियररिङ परिषद्को काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ ले इन्जिनियरिङ व्यवसायमा अनुभव प्राप्त गरी कम्तीमा १५ वर्ष इन्जिनियरिङ व्यवसायमा अनुभव प्राप्त इन्जिनियर मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियरको अध्यक्षमा नेपाल इन्जिनियरिङ परिषद् गठन गरी उक्त परिषद्को काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

– इन्जिनियरिङ व्यवसाय सुचारु रुपबाट सञ्चालन गर्न आवश्यक नीति, योजना तथा कार्यक्रम तयार गरी त्यसको कार्यान्वयन गर्ने,
– इन्जिनियरिङ शिक्षा दिने शिक्षण संस्था र त्यस्ता संस्थाले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिलाई तोकिए बमोजिम मान्यता दिने,
– इन्जिनियरिङ व्यवसाय गर्न आवश्यक योग्यता निर्धारण गर्ने र निर्धारित योग्यता पूरा गरेका व्यक्तिको नाम तोकिए बमोजिम परिषद्मा दर्ता गर्ने,
– दर्तावाला इन्जिनियरले तोकिए बमोजिमको व्यावसायिक आचारसंहिताको उल्लङ्घन गरेमा वा पालना नगरेमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो इन्जिनियरको नाम नेपाल इन्जिनियरिङ परिषद्बाट हटाउने ।

२. नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको गठन र काम, कर्तब्य तथा अधिकार बारे लेख्नुहोस् ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ ले नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको गठन गरी सञ्चालक समितिको काम, कर्तव्य तथा अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको गठन
क) नेपाल राष्ट्र बैङ्कको गभर्नर – अध्यक्ष
ख) अर्थ मन्त्रालयको सचिव – सदस्य
ग) आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय, तथा बाणिज्य कानुनको क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति मध्येबाट नेपाल सरकारले नियुक्त गरेका तीन जना सञ्चालक – सदस्य

नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको काम, कर्तव्य तथा अधिकार

– मोन्द्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने,
– बैङ्क नोट तथा सिक्काको दर, चित्र, आकार, धातु, नोट छपाइ गर्ने बस्तु तथा अन्य पदार्थ सम्बन्धमा आवश्यक निर्णय गर्ने र सोको निष्कासनका सम्बन्धमा आवश्यक नीतिको तर्जुमा गर्ने,
– वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको निरीक्षण तथा सुपरीवेक्षण गराउने व्यवस्था गर्ने,
– बैङ्किङ तथा वित्तीय व्यवस्थाका सम्बन्धमा आवश्यक नीति निर्माण गर्ने,
– नेपाल राष्ट्र बैङ्कको सञ्चालन र व्यवस्थापनमा लागू हुने नीति निर्माण गर्ने,
– नेपाल राष्ट्र बैङ्कका कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, बर्खास्ती, पारिश्रमिक, निवृत्तिभरण, उपदान, सञ्चयकोष, बिदा, आचरण तथा सेवा सम्बन्धी अन्य शर्तबारे नीति निर्धारण गर्ने,
– नेपाल राष्ट्र बैङ्कका लागि बार्षिक कार्यक्रम र बजेट तथा वार्षिक लेखा परीक्षणको हिसाब स्वीकृत गर्ने र सोको प्रतिवेदन जानकारीका लागि नेपाल सरकारमा पेश गर्ने,
– नेपाल राष्ट्र बैङ्कको काम कारबाही बारेको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने,
– वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई इजाजत पत्र दिने र रद्द गर्ने सम्बन्धमा नीति निर्माण गर्ने,
– नेपाल राष्ट्र बैङ्कले नेपाल सरकारलाई प्रदान गर्ने कर्जाको सीमा स्वीकृति गर्ने,
– नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई दिने कर्जा तथा पुनर्कर्जाको रकम, सीमा तथा शर्तको निर्धारण गर्ने,
– अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा नेपाल राष्ट्र बैङ्कको सदस्यता सम्बन्धमा निर्माण गर्ने,
– नेपाल राष्ट्र बैङ्कको वित्तीय स्रोत परिचालन र लगानी नीति निर्माण गर्ने,
– नेपाल राष्ट्र बैङ्क ऐनमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएमा सोको कारण खुलाई नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने,
– नेपाल राष्ट्र बैङ्क ऐन अन्तर्गत गभर्नरको अधिकार क्षेत्रभित्र पर्ने बाहेकका अरु सबै विषयमा निर्णय गर्ने,
– नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिमा रहेका अधिकार अवधि तोकी नतोकी गभर्नर वा सञ्चालक समितिद्वारा गठित उपसमितिलाई प्रत्यायोजन गर्ने,

३. बाह्य पदपूर्ति भनेको के हो ? यसका सवल र दुर्वल पक्ष के–के हुन् ? लेख्नुहोस् ।

सङ्गठनको सेवामा कार्यरत कर्मचारी तथा सेवा बाहिरका तोकिएको योग्यता पुगेका व्यक्तिलाई खुला प्रतिस्पर्धा गराएर रिक्त पदमा कर्मचारी आपूर्ति गर्ने कार्यलाई बाह्य पदपूर्ति भनिन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् । यसमा सबैलाई समान अवसर हुन्छ । लिखित, अन्तर्वार्ता जस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोक सेवा आयोगले निजामती सेवा ऐन, २०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ ।
सवल पक्ष
– नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने,
– पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने,
– यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ,
– सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ,
– सेवामा New द्ययियम ले मौका पाउनेहुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ,
– पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व पाउँदछन् ।

दुर्वल पक्ष
– विज्ञापन खर्च, परीक्षा खर्च आदिले यो तरिका केही खर्चिलो हुन्छ,
– पुराना र नयाँ कर्मचारीबीच समन्वय हुन केही समय लाग्न सक्ने,
– अनुभव नभएका नयाँ कर्मचारी उच्च तहमा पुग्दा पुराना अनुभवी कर्मचारी हतोत्साहित हुन सक्ने,
– तालिम कार्यक्रमको बढी आवश्यकता पर्ने,
– कर्मचारी छनोट कार्य जस्तैः लिखित परीक्षा, सोको नतिजा, अन्तर्वार्ता, अन्तिम नतिजा आदि जस्ता कार्यमा बढी समय लाग्न सक्ने,


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस