२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशसँग नेपाल २१ रनले पराजित 

अ+ अ-

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । समूह डीमा रहेको नेपाल समूह चरणको बंगलादेशसँग २१ रनले पराजित भएको हो ।

 पहिला ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा १०६ रनमा समेटिएको थियो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी हुँदा ८५ रनमा समेटिन पुग्यो ।

लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५ रनको पारि खेले । यी दुई खेलाडीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आशा कायमै राखेका थिए । कुशलले ४० बल खेल्दा एक छक्का र  एक चौका प्रहार गर्दा दीपेन्द्रले ३१ बल फेस गर्दा एक छक्का र दुई चौका प्रहार गरे ।

 पहिलो विकेटको रूपमा कुशल भुर्तेल ४ रन बनाएर आउट भएका थिए ।  दोस्रो विकेटको रूपमा अनिल साह खाता नै नखोली पभेलियन फर्किए । रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाउँदा गुल्सन झा, सोमपाल कामी र अविनाश बोहोराले खाता नै खोल्न सकेनन् भने सन्दीपले एक बल पनि फेस गर्न पाएनन् ।

बंगलादेशका तनजिम हसन साकिवले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर ७ रन दिँदै नेपालका ४ खेलाडीलाई पभेलियनको बाटो देखाए । यसैगरी मुस्तफिजुर रहेमानले ४ ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिए । तसकिन अहमदले १ विकेट लिँदा साकिब अल हसनले अन्तिम २ विकेट हात पारे ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बंगलादेशलाई ब्याटिङका लागि निम्ता दिएका थिए । कप्तान पौडेलको निर्णयलाई नेपाली बलरले भने सही सावित गरे । पहिलो खेबलमा सोमपाल कामीले तनजिद हसनलाई पभेलियन पठाउँदै नेपाललाई उत्कृष्ट सुरुआत गराए ।

७ रन हुँदा नेपालले दोस्रो सफलता हात पारेको थियो । दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाएका थिए । बंगलादेशका कप्तान नजमुल होसेन सान्टो ४ रन बनाएर पभेलियन फर्किए । टिमको स्कोर २१ रन हुँदा तेस्रो विकेट गुमेको थियो । तेस्रो सफलता नेपालका सोमपालले दिलाए । उनले लिटन दासलाई १० रन बनाएका बेला विकेटकिपर आशिफ शेखमार्फत आउट गरेका हुन् ।

३० रन पुग्दा बंगलादेशले चौथो विकेट गुमाउन पुग्यो । उसका तोहिद हेरिडो ९ रनको पारि खेल्दा नेपाली कप्तान रोहित पौडेलले आउट गरे । ५२ रन हुँदा नेपालले पाँचौं सफलता रनआउट मार्फत गरेको थियो । मोहमदुल्लाहलाई नेपालका गुल्सन झा र सन्दीप लामिछानेले रनआउट गरेका थिए । उनी १३ रन बनाएर आउट भए । 

एक छेउँमा टिकेका अलराउन्डर साकिव अल हसनलाई कप्तान रोहित पौडेलले एलबीडव्ल्यूको धरापमा पारे । साकिवले १७ रन बनाउँदा २ चौका प्रहार गरे । साकिव नै बंगलादेशका लागि आज सर्वाधिक रन बनाउने खेलाडी बने ।

६९ रन हुँदा नेपालले सातौं सफलता हात पारेको थियो । सातौं विकेटको रूपमा तन्जिम हसन ३ रनमै पभेलियन फर्किए । उनलाई सन्दीप लामिछानेले बोल्ड आउट गरेका थिए । यो सन्दीपको टी–२० करियरको ९९ औं विकेट थियो । १५.३ ओभरमा ७५ रन हुँदा बंगलादेशले आठौं विकेट गुमाउन पुग्यो । नेपाललाई आठौं सफलता सन्दीपले दिलाउँदै टी–२० करियरको १०० औं विकेट पूरा गरे । सन्दीपले ५४ खेलमा १०० विकेट पूरा गर्दा जाकर अलिलाई आउट गरे । जाकरले १२ रन बनाएका थिए ।

८८ रन हुँदा रिसाद हुसेन ७ बलमा १३ रन बनाएर आउट भए । उनले मात्रै नेपाली बलरविरुद्ध एक छक्का प्रहार गरे । अन्तिम विकेटको रूपमा मुस्तफिजुर रहमान १९.३ ओभरमा ३ रन बनाएर रन आउट भए । उनलाई रोहित र दीपेन्द्रले रन आउट गरेपछि बंगलादेशको पारि १०६ रनमा समेटियो ।

नेपालका सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३.३ ओभरमा २ विकेट लिँदा रोहित पौडेलले ४ ओभरमा २० रन दिएर २ विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १७ रन खर्चिँदै २ विकेट हात पारे । दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिएका कुशल भुर्तेले आजको स्पेलमा २२ रन खर्चिए पनि विकेटविहीन बने ।

अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।