काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले तथ्यसहित ओलीको आरोपको प्रतिवाद गरेको उनको जिकिर थियो ।
उनले भने, ‘म गृहमन्त्रीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले काँग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर काँग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईँ तयार हुनुहुन्छ रु उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।’