२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति तेश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४ को उद्घाटन

अ+ अ-

काठमाडौं । प्रधानसेनापति तेश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४ को समुद्घाटन गरिएको छ ।

नेपाली सेनाद्वारा आयोजित ‘प्रधानसेनापति तेश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४’ को आज बलाधिकृत रथी पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच रेफ्रीलाई भलिबल हस्तान्तरण गर्दै समुद्घाटन गरे ।

नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा आजदेखि फाल्गुन १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक÷एक तथा तत्कालिन पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको छ ।

यस प्रतियोगितामा नेपाली सेनाले खेलकुद जगतको विकास तथा खेलाडीहरुको हौसला वृद्धि गर्न नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा प्रथम, द्धितिय र तृतिय हुने विजेता टिमलाई क्रमशः रु.३ लाख, रु.१ लाख ५० हजार र रु.७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई समेत १०÷१० हजार नगद पुरस्कारको व्यवस्था गरेको छ ।

समुद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक, नेपाली सेनाका रथीवृन्द, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल भलिबल सङ्घका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, नेपाल इन्भेष्टमेण्ट बैंकका प्रतिनिधि, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतियोगिताले नागरिक—सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस