भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउने


प्रशासन विशेष ब्युरो

२८ माघ २०७४, आइतबार


काठमाडौँ । भारतीय सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउने भएका छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लागेका हुन् ।

नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाली सेना र भारतीय सेनाबीचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ । भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन अनुसार नै रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महाराथीको सम्मान प्रदान गरेकी थिइन् ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्यत पुग्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भारतीय सेनाध्यक्ष रावत फागुन २ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस