२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुस-युक्रेन युद्धमा प्रभावित नेपालीको उद्धार गर : आयोग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रुस-युक्रेन युद्धमा प्रभावित नेपालीको उद्धार गर्न आग्रह गरेको छ । उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरूको जीवन रक्षा गर्न पनि आयोगले आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार विज्ञप्ति निकालेर युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन् । ‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन एवम् आमरण अनसनमा बसेका कृतु भण्डारी लगायतका व्यक्तिहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’,पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार रुस र युक्रेन बिच चलिरहेको युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत ३९ जना नेपालीहरूको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘केही घाइते भई उपचाररत रहेका तथा जीवन जोखिममा रहेकाले यथाशीघ्र उद्धारको लागि पहल गरिदिन भन्दै युद्ध प्रभावितका आफन्तहरू विगत १७ दिनदेखि काठमाडौँमा अनसनमा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’,विज्ञप्तिमा भनिएको छ,‘रुसी सेनामा भर्ना भई जोखिम अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गर्न र गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्ने सम्बन्धमा आवश्यक कदम चाल्न भनी गत १ पुस, २०८० मा आयोगले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारको ध्यानाकर्षण गराएको समेत आयोग पुनः स्मरण गराउँदछ । नेपालीहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’