काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड गरेका छन् ।
बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार आक्रमण र तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ।
कर निर्धारणमा अनियमितता गरेको आरोपमा शर्मा राजस्व विभागको महानिर्देशक पदबाट निलम्बित भएका हुन्। उनीविरुद्धको फरक फरक मुद्दा विशेष अदालतमा विचाराधिन अवस्थामा छ।