४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ प्रभावित

अ+ अ-

राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।

करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । वि.सं. २०४९ मा स्थापना भएको उक्त विद्यालयमा अन्य सामुदायिक विद्यालय तथा नीजि बोर्डिङ स्कुलभन्दा बढी विद्यार्थीको चाप यस विद्यालयमा भएपनि विद्यालयमा विद्यार्थीअनुसार शिक्षक नहुँदा पठनपाठन गराउन समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक जयप्रकाशप्रसाद गुप्ताले बताए ।

उक्त विद्यालयमा करिब एक हजारभन्दा बढी विद्यार्र्थी रहेकाले विद्यार्थीअनुसार शिक्षक नहुँदा एउटा कक्षामा १६० देखि १७० जना विद्यार्थी राखेर पठाउनु पर्ने बाध्यता रहेको अर्का शिक्षक शिवशंकर मण्डलले पनि गुनासो गरे । सो विद्यालयमा सबैभन्दा बढी मावि र निमावि तहमा विद्यार्थीको संख्या बढी रहेको विद्यालयले जनाएको छ ।

सो विद्यालयमा दरबन्दीअनुसार मावि तहमा १० जना शिक्षक हुनुपर्नेमा अहिले पाँचजना शिक्षक मात्र रहेका छन् । मावि तहमा भने थप एकजना शिक्षक राहत दरबन्दीमा काम गरिरहेको बताउँदै छ महिना अगाडि मात्रै नेपाली विषयका शिक्षक शान्तिराम अधिकारीले अवकाश प्राप्त गरेपछि नेपाली विषय पढाउने शिक्षक नहुँदा मावि तहमा निमावि स्तरको शिक्षक राखेर पढाइ सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रअ गुप्ताले बताए ।

त्यस्तै, निमावि तहमा समेत पाँचजना शिक्षकको आवश्यकता रहेकोमा अहिले एकजना दरबन्दीमा र एकजना राहत कोटामा काम गरिरहेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस