काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २९ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
ती कम्पनीहरूलाई साढे दुई वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । सबैभन्दा लामो समय साढे दुई वर्ष अवधिका लागि पप्पु कन्स्ट्रक्सन प्रालि तीनकुने कालोसूचीमा परेको छ ।
यसैगरी, दुई वर्षका लागि प्रेम निर्माण सेवा प्रालि गुलरिया, ओम साइ एण्ड कम्पनी जेभी, युनिभर्सल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि, कोसी एण्ड न्यौपानेरओम साई कन्स्ट्रक्सन जेभी, ए वान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स, चण्डी सिद्धिबाबा जेभी, नमूना कन्स्ट्रक्सन खिम्ती प्रालि र महेश इन्जिनियरिङ-नवीन जेभी कालोसूचीमा परेका छन् ।
यसैगरी, प्रेम निर्माण सेवा प्रालि, अमन कन्स्ट्रक्सन कम्पनी, भाव्या कन्स्ट्रक्सन, साहनी विल्डर्स, नवीन कन्स्ट्रक्सन, मामा भान्जा निर्माण सेवा र चण्डी सिद्धिबाबा जेभीलाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको जनाइएको छ । चण्डी निर्माण सेवालाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखिएको छ ।
‘कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना:

