२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवकासप्राप्त सैनिकको समुन्नति नै सेनाको आधारस्तम्भ बलियो हुनु हो –सेनापति क्षत्री

अ+ अ-

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवकासप्राप्त सैनिकहरुको आर्थिक समुन्नति, प्रगति र उचित व्यवस्थापन हुनु भनेकै नेपाली सेनाको आधार स्तम्भ बलियो हुनु भएको वताएका छन् ।

नेपाली सेनाको मध्य पृतना अन्तर्गत भरतपुर व्यारेकमा संचालित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सेनापति क्षत्रीले सो कुरा बताएका हुन् ।

बहालवाला सैनिकका परिवार, भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नका लागि संचालनमा रहेको लघुवित्त कार्यक्रम निकै प्रभावकारी रहेको वताउँदै क्षत्रीले यस कार्यक्रमबाट भूतपूर्व सैनिक तथा परिवारजन सफल उद्यमी बनेर समाजमा नमुना बन्ने विश्वास लिएको बताए ।

नेपाली सेनाको कल्याणकारी कार्यक्रम भुतपूर्व सैनिकको सर्वोपरी हित हुनेतर्फ केन्द्रित गरिएकोले हालका वर्षहरुमा कल्याणकारी कार्यक्रमहरुको पहुँच र सुविधामा समेत बढोत्तरी भएको सेनापति क्षत्रीले बताए ।

सोही क्रममा प्रधान सेनापति क्षत्रीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरु समेत गरी कोषका हिताधिकारीहरुको संख्या करिब ८ लाख पुगेको उल्लेख गर्दै सेनाको सैनिक कल्याणकारी कोषमा ४२ अर्ब ३ करोड ३८ लाख ६९ हजार पुगेको जानकारी गराएका छन् ।

कोषको संचालनका लागि प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा बहालवाला र भूपू सैनिक अधिकारी सम्मिलित नेपाली सेना कल्याणकारी बोर्ड गठन गरेको छ। बोर्डले बनाएको निर्देशिका अनुसार स्वास्थ्य, शिक्षा, स्वरोजगार र पूर्न रोजगार कोषको प्रमुख प्राथमिकतामा पर्छन्।

सैनिक ऐन २०६३ ले गरेको व्यवस्था अनुसार मुल पुँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त हुने प्रतिफल नै कोषको हिताधिकारीहरुको हितको लागि संचालित कल्याणकारी कार्यहरुको प्रमुख आधारशीला भएको जनाइएको छ ।

सम्मेलनको अवसरमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण गरिएको थियो भने अशक्त भूतपूर्व सैनिक, तथा तिनका अशक्त परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित २ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस