२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेप्टेम्बर २८ मा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’

अ+ अ-

काठमाडौँ । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौं संस्करण अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बर २८ मा हुने भएको छ । 

नेपाल फिल्म सोसाइटीले सन् २०१६ देखि यो अवार्ड अमेरिकामा आयोजना गर्दै आएको छ । सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार नेपाली फिल्मको युग परिवर्तन भएको र नेपाली फिल्महरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली फिल्मको सफलता विदेशमा गएर मनाउन यो अवार्ड महत्त्वपूर्ण छ । 

‘अमेरिकामा नेपालबाट धेरै कलाकारहरू पुगेका छन्, उनीहरूसँग पुनर्मिलन गर्नु पनि अवार्डको अर्को उद्देश्य हो’, उनले भने, ‘संसारभर छरिएर बसेका नेपाली फिल्मकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको हो ।’

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रयोजनमा हुने अवार्डको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहेको छ ।

अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्कमा सम्पन्न भइसकेका छन् । त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले नेपाललाई फिल्म पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्ने बताए ।

अवार्डका प्रेस संयोजक सूर्य चन्दले अवार्डको लागि फिल्म छनोट समिति चाँडै गठन हुने र फिल्म छनोट प्रक्रिया अगाडि बढाउनुको साथै नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने फिल्मको जानकारी केही समय पछि दिइने बताए ।

प्रतिक्रिया दिनुहोस