३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरटीले जित्यो बुढा सुब्बा गोल्डकपको उपाधि, सनम लिम्बू उत्कृष्ट खेलाडी घोषित

अ+ अ-

काठमाडौँ । न्युरोड टिम एनआरटीले बुढा सुब्बा गोल्डकपको उपाधि जितेको छ। 

शनिबार भएको उपाधि भिडन्तमा मोरङ फुटबल संघलाई पराजित गर्दै एनआरटीले उपाधि जितेको हो। एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो। 

एनआरटीले मोरङ फुटबल संघलाई २-१ गोलले पराजित गर्दै उपाधि जित्यो। सातौँ मिनेटमा एनआरटीका ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले बराबरी गोल गरे।

५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले एनआरटीलाई दोस्रो पटक अग्रता दिलाए।

एनआरटीले १० लाख र मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एनआरटीका सनम लिम्बूले २ लाख रुपैयाँ पुरस्कार पाए।

बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पूजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस