३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनमुरी बोक्ने ‘तीनमुरे बाजे’लाई भारोत्तोलन थाहा छैन

अ+ अ-

दिल्पा । तपाईं खेतको खलाबाट घरसम्म धान बोक्नुपर्यो भने कति बोक्न सक्नुहुन्छ ? मुस्किलले एक मुरीसम्म वा बढीमा २५ पाथी । साँच्चै बलियो हुनुहुन्छ भने तीस पाथी नै बोक्नु होला ।

तर भोजपुरको टेम्के मैयूँ गाउपालिकाको वडा नं ३, दिल्पा चनौटेका ७२ वर्षीय पदमप्रसाद निरौला भने तीनमुरी अथवा ६० पाथी धान बोकेर चर्चित मात्रै बनेका छैन, जीवनभरीका लागि ‘तीनमुरे बाजे’ नाम पनि कमाएका छन् ।

वि.सं. २००२ भदौमा जन्मनुभएका उहाँलाई गाउँघरतिर निरौला ठूले भन्ने गरिए पनि ‘तीनमुरे’ उपनामबाट सबैतिर चिनिन्छन् । उनलाई धेरैले तीनमुरे बाजे भनेर सम्बोधन गर्छन् ।

पन्ध्र–बीस पाथी बोक्दै थला पर्ने हामीलाई तीनमुरी धान बोक्ने मानिस कस्तो होला भनी आश्चर्य लाग्न सक्छ र कल्पना गर्न पुग्छौं, ठूल्ठूला हातखुट्टा भएको, अग्लो र मोटाघाटो । तर, उनी सामान्य मानिसभन्दा न मोटो छन् न अग्लो । उनको बल भने बेजोड छ ।

तीनमुरे बाजे भनेर उनको नाम कसरी रहन गयो त ? यसबारेमा जान्न खोज्दा उनले भने– “दिल्पाको मेस्माङमा कृपाराम सुब्बा (कृपाराम राई) को खेतको खलामा धान झाँटिरहँदा कृपारामसँगै कुरैकुरामा मैले तीनमुरी धान बोक्न सक्छु भने तर उनले पत्याएनन् । उनले मसँग ‘मैले अस्ति १ मुरी कोदो बोक्दा झण्डै टाउको कुच्चिएको, तिमीजस्ता मरन्च्याँसे बाहुनले कहाँबाट सक्छौ तीनमुरी धान बोक्न ?’ भने ।”

निरौला ठूलेले पनि केही समय अघि दिल्पाकै खोङ्टाङबाट लगभग दुई घण्टाको बाटो दुई मुरी (चालीस पाथी) धान बोकेर ल्याएका रहेछन् र त्यो हलुकै लागेकाले अझै एकमुरी थपेर बोक्न सक्छु जस्तो उनलाई लागेको रहेछ ।

तीनमुरी बोक्न सक्छु भनेपछि कृपारामले अविश्वास गरी ‘लु बाजी राखौँ न त’ भनेछन् । कृपाराम सुब्बा त धनीमानी मान्छे भएकाले जति पनि बाजी राख्न सक्थे तर निरौला ठूले भने गरिब श्रमजीवी भएकाले त्यसबखत साथमा भएको पाँच रुपैयाँको मात्रै बाजी राखेछन् । उनका अनुसार यो कुरा वि.सं. २०२२–२४ सालतिरको हो र त्यतिखेर उनी त्यस्तै २०÷२२ वर्ष उमेरका थिए । कृपारामले ‘यिनले सक्दैनन्, म यिनको पैसा खाइदिन्छु’ भनेका रहेछन् ।

शर्तअनुसार उनले तीनमुरी धानका बोरा मेस्माङमा कृपाराम सुब्बाको आँपको फेदको खलोबाट कृपारामको घर (उकालो हिँडदा १५ मिनेट लाग्ने, भारीसँग आधी घण्टा वा उस्तै मानिसलाई त एक घण्टा पनि लाग्न सक्ने) पुर्याउनुपर्ने रहेछ ।

उनले त्यो खलाबाट तीनमुरी धानका दुई वटा बोरा (३०÷३० पाथीका) बोकेर उकालो लागी घरसम्म पुर्याए छन् । बीचमा बिसाउन पाउने भएपनि थचक्क बिसाउँदा फेरि उठाउन नसकिने डरले उभी उभी टेकाउने रहेछन् । उनले त्यसरी नौ ठाउँमा टेकाएका रहेछन् । त्यसरी लगभग डेढ घण्टामा शर्त अनुसारको भारी पुर्याउँदा सबै खेताला र घरका मानिस आश्चर्यचकित भएछन् ।

यसरी धानका बोरा घर पुर्याएपछि कृपाराम सुब्बा चकित भए र शर्त अनुसारको ५ दिए । त्यसबेला ५ को कति महत्व रहेछ भने उनले त्यसबाट दुइमाना तेल किनी भोलिपल्ट सेलरोटी पकाएर खाएछन् । त्यसबखत गरीब परिवारमा रोटी पकाएर खानु भनेको कुनै चाडपर्व, धार्मिक कार्य वा ६ महिना वर्षदिनमा मात्र जुर्ने एक दुर्लभ अवसर हो ।

तीनमुरी धान हिजोआजको नापतौल अनुसार कति किलो हुन्छ भन्ने प्रश्नको जवाफमा उनले एक मुरीमा लगभग ५५ किलोग्राम हुने बताए । यसअनुसार तीनमुरी भनेको हालको १६५ किलोग्राम हुनेरहेछ । यसरी एक मरन्च्याँसे मान्छेले अकल्पनीय भारी बोकेपछि सबै आश्चर्यचकित भै त्यसदिनदेखि नै उनलाई ‘तीनमुरे बाजे वा तीनमुरे बाहुन’ भन्न थालेका रहेछन् ।

उनले के त्यत्रो भारी बोकेकै हुन् त भनी प्रश्न गर्दा टेम्के मैँयु वडा नं ३, बाहुनगाउँकै बासिन्दा ७० वर्षीय वेदनिधि अधिकारीले भने, “त्यस मेलामा म नगएको भएपनि उनले बोकेकै हो भनी त्यसैबेलादेखि चर्चा हुन थालेको हो ।”

टेम्के मैँयू ३, बाहुनगाउँकै बासिन्दा र हाल एक ख्याति प्राप्त व्यावसायिक किसान ७६ वर्षीय विष्णुप्रसाद अधिकारी भने, “उनले यस क्षेत्रका ख्यातिप्राप्त र धनीमानीमा गनिने बालाजित राईका छोरा तथा मालपोतका सुब्बा कृपाराम राईको खलामा दाइँ गरेपछि ३ मुरी धान घर पुर्याइदिएको कुरा सत्य हो । उनले सो भारी दुईवटा धोक्रामा एक किलोमिटर माथि लगभग डेढ घण्टामा घरमा पुर्याएका हुन् । म आफू त्यहाँ नभएपनि यसै क्षेत्रका नारद चौलागाईं (सो खेत अधियाँमा कमाएका) तथा लक्ष्मण चौलागाईं त्यस मेलामा गएका थिए ।” उनले त्यस बखतको ५ को धेरै मूल्य हुने पनि बताए ।

निरौलाले त्यस बखत घरमा धेरै दुःख भएको, आमा आफू ८ वर्षको हुँदै बितेको र बुबा पनि २०१६–१७ सालतिर बितेकाले भाइबहिनी पाल्नुपर्ने अवस्थाले निकै मेहनत गर्नु परेको विगत सुनाए ।

चार छोरा र एक छोरीका बाबु निरौलाकी पत्नी पनि जेठो छोरा गीताराम डेढ वर्षको हुँदै बितेपछि उनले पुनःविवाह गरे । अहिले भने उनलाई खान लाउन दुःख छैन ।

हुर्केका छोराछोरीले अब तराईतिर झर्नुपर्छ भनेर आग्रह गरेपनि उनी पहाडमै मेहनत गरेर बसिरहेका छन् । उनका अनुसार अझै पनि गाउँटोलका बाहुन परिवारमा ठूलो कार्यमा निमन्त्रणा गरी भात पकाउन लगाउँदा त्यस्तो कार्य उनले सम्पन्न गर्दै आएका छन् । हालै मात्र पनि ७२ वर्षको उमेरमा विवाह भोजमा पाँचपाथी चामलको भातको खड्कूँलो एक्लैले उचाली काम सम्पन्न गरेको प्रसंग स्थानीय बासिन्दा अघि सार्छन् ।

त्यत्तिको बहादुरीको काम गर्ने तपाईं के खानुहुन्थ्यो ? शरीर के कस्तो थियो ? भनी प्रश्न गर्दा उनी भन्छन्– “मेरो ज्यान यही हो । लगभग पाँच फीट ६–७ इन्च भन्दा बढी अग्लो छैन । तौल पनि ५०–५२ केजी भन्दा बढी हुँदैन । त्यो बेला केही बढी थिएँ कि ? खानपिन पनि सामान्य हुन्थ्यो । घरमा गरिबी थियो, बुबा आमा हुनुहुन्नथ्यो, भाइबहिनीलाई पाल्नुपथ्र्यो ।”

दुःख भएपनि आमाले राम्रै स्याहार गरेको उनलाई स्मरण छ । अझै पनि एक मानाको भात खानसक्ने उनको दाबी छ ।

आफूले त्यसरी भारी बोकेको देख्ने गाउँकै भुर्चोक निवासी यस क्षेत्रका प्रतिष्ठित भीमप्रसाद राई र बस्नेत गाउँका लोकबहादुर बस्नेत रहेको उनी सुनाउछन् । दुवैजना भोजपुर बजारबाट घर फर्कँदै गर्दा त्यो देखेका रहेछन् । राईले ‘यसरी त मर्छौ त, छोराछोरी कतिजना छन् ?’ भनी सोधेको स्मरण पनि उनीसँग छ ।

यसै सन्दर्भमा धेरै वर्ष अन्नपूर्ण उच्च माविको व्यवस्थापन समितिका अध्यक्ष पनि रहेका भीमप्रसाद राईसँग जिज्ञासा राख्दा उनले त्यो घटना आफूले देखेको र ज्यादै गह्रौँ भारी बोकेर विस्तारै हिँडिरहेकामा किन यसो गरेको, अरु बोक्ने मानिस थिएनन् ? भनी सोधेको स्मरण सुनाए । बाजी परेर बोकेको हो भन्ने जवाफ उनले पाएका थिए । खेतबाट आधीबाटो चौतारामा आइपुग्दा निरौलालाई उनले देखेका रहेछन् ।

हाल ८९ वर्ष पुगिसकेका राईले निरौला निरोगी, फुर्तिला, सहयोगी र इमान्दार मानिस भएको पनि बताए ।

हिजोआज भए निरौला जत्तिका मानिसले कैयौँ पदक र पुरस्कार प्राप्त गरिसक्थे होला तर निरौला भने त्यही ५ मै सीमित भए । उनलाई भारोत्तोलन खेलबारे केही पनि थाहा छैन । अरु कुनै पुरस्कार पनि पाएनन् । गाविसमा भएको लट्ठा तान्ने खेलमा एकपटक भाग लिएको बाहेक कुनै खेलकुदमा भाग लिएका पनि छैनन् । बलवान् भएर पनि उनी गाउँमा गुमनाम बनेका छन् ।

प्रतिक्रिया दिनुहोस