२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड ४३ ओभर ५ बलमा १७९ रनमा समेटिएको हो ।

त्रिवि मैदानमा यसअघि लिग २ का सबै खेलमा दोस्रो इनिङमा ब्याटिङ गर्ने टीमले जितिरहेका थिए । 

यस्तो ट्रेन्ड तोड्दै आज नेदरल्यान्ड्सले दोस्रो इनिङमा ब्याटिङ गरेर पनि हार व्यहोरेको हो ।

नेदरल्यान्डका लागि नोआ क्रोस सर्वाधिक अविजित ४६ रन बनाए । म्याक्स ओ डाउडले ४१ रनको योगदान दिएका थिए । नामिबियाका कप्तान एरास्मस र जान फ्रिलिंकले ३/३ विकेट, बर्नार्ड स्कोल्जले २, रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टि इटनले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नामिबिया ४१ ओभर ३ बलमा २०३ रनमा समेटिएको थियो । नामिबियाका ज्यान निकोल लोफटी  इटनले सर्वाधिक ४९ र मलान क्रुगरले ३९ रन बनाएका थिए । नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले ३, आर्यन दत्त र रुल्फ भ्यान डर मर्वाले २/२, शारिज अहमद र बास डे लिडाले १/१ विकेट लिए ।

जितसँगै नामिबिया ४ खेलमा ६ अंक जोड्दै लिग-२ को शीर्ष स्थानमा छ । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा २-२ अंक छ । अब आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।