मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीद्वारा लाठीचार्ज, शिक्षामन्त्री घाइते « प्रशासन
Logo २७ जेष्ठ २०८१, आइतबार
   

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीद्वारा लाठीचार्ज, शिक्षामन्त्री घाइते


८ माघ २०८०, सोमबार


काठमाडौँ । सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ।

जनमतका नेता कार्यकर्ताले विरोध गर्दै सुरक्षा घेरा तोडेपछि लाठीचार्ज गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।

प्रहरीको लाठी चार्जबाट मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवलगायत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

सुरक्षा घेरा तोडेर मन्त्रीसहित जनमतका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि अवस्था नियन्त्रणमा लिन लाठीचार्ज गरेको प्रहरीले दाबी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस