२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाश ज्वालाको दाबी : नारायणगढ-बुटवल सडक खण्डमा कामले गति लिएको छ

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पछिल्लो समय नारायणगढ-बुटवल सडक खण्डमा कामले गति लिएको दाबी गरेका छन् । यो सडक खण्डको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै उनले यस्तो दाबी गरेका हुन् ।

‘काम अगाडि नबढ्दा ठेक्का तोड्ने सम्मको चेतावनी दिने काम भएको छ, दबाब दिएपछि अहिले कामले गति लिएको अवस्था छ,’ उनले भने । यद्यपि अझै पनि तीव्र गति भने लिन नसकेको स्वीकार गरे । २७ महिना अगाडि र पहिलो ८ महिनाको तुलना गर्दा पछिल्लो समय निर्माणले गति लिएको उनको भनाइ छ ।

नारायणगढ-बुटवल र मुग्लिन-पोखरा खण्डको निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर निरन्तर ताकेता गरिरहेको समेत उनले जानकारी दिए । ‘दुई सडकमा हरसम्भव हस्तक्षेप गर्ने, अगाडि बढाउन प्रयत्न गर्दै आएका छौँ,’ उनले भने, ‘साथमा आवश्यक समन्वय पनि गर्दै आएका छौँ,’ उनले भने ।

आयोजनामा रहेका समस्या पहिल्याएर त्यसको समाधानमा सरकारले ध्यान केन्द्रित गरेको समेत उनले बताए । रुख कटानको समस्या दुवै सडक खण्डमा समाधान गरिएको उनले बताए ।

खानेपानी पाइप व्यवस्थापनमा केही समस्या भए पनि धेरैजसो स्थानमा समस्या भएको उनले जानकारी दिए । दमौली क्षेत्रमा घर टहरा हटाउन केही बाँकी भए पनि अन्य स्थानमा समस्या समाधान भएको उनले बताए ।

डिजाइनको समस्याको पनि नरहेको उनले बताए । ठेकेदारले कतै स्थानीय निर्माण सामग्रीको अभाव मुख्य रूपमा उठाइरहेको उनले जानकारी दिए । विद्युत् तार र पोलको केही काम बाँकी भए पनि त्यसकै कारणले काम रोकिने अवस्था नरहेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस