जसपाले बोलायो केन्द्रीय समिति बैठक « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जसपाले बोलायो केन्द्रीय समिति बैठक


२३ पुस २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले बुधवारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको एक नेताले जानकारी दिए ।उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।

साथै पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने उनले बताए । उनका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस