२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हायर पर्चेज कम्पनीले २५ भन्दा बढी पेनाल ब्याज लिन नपाउने

अ+ अ-

काठमाडौँ । अब हार्यर पर्चेज कम्पनीले ऋणीबाट वार्षिक २ प्रतिशतभन्दा बढी पेनाल ब्याज लिन नपाउने भएका छन् । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिन कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था ०७० (चौथो संशोधन)’ मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि हार्यर पर्चेज कम्पनीले असुली गर्ने पेनाल ब्याजको हकमा सीमा थिएन ।

‘हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ,’ नेपाल राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुलउपर गर्न पाइने छैन ।’

राष्ट्र बैंकले अरू बैंक तथा वित्तीय संस्थाका लागि यसअघि नै यस्तो निर्देशन जारी गरिसकेको छ । सोही व्यवस्था हायर पर्चेज कम्पनीको हकमा लागू गरेको हो ।

हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । तर २५ लाख वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने राष्ट्र बैंकले प्रस्ट्याएको छ । यसअघि हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्दा अनिवार्य रूपमा प्यान कार्ड लिनुपर्ने व्यवस्था थिएन ।

राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका सञ्चालक, प्रबन्ध सञ्चालक र कार्यकारी प्रमुख अयोग्य हुने सम्बन्धमा नयाँ व्यवस्था थप गरेको छ । यसअनुसार अब हार्यर पर्चेज कम्पनीका सञ्चालकका लागि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष नभएको व्यक्ति अयोग्य हुनेछ । टाट पल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको, कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगे पनि कम्पनीको सञ्चालक, प्रबन्ध सञ्चालक र कार्यकारी प्रमुखका लागि अयोग्य हुनेछन् ।

आफ्नो पूर्वकारोबारमा राष्ट्र बैंकबाट निलम्बन गरिएको वा राष्ट्र बैंकको अनुसन्धानमा शङ्कास्पद कारोबारमा संलग्न भनी किटान गरिएको वा त्यस्तो निलम्बनबाट फुकुवा भएको पाँच वर्ष नपुगेको वा त्यस्तो शङ्कास्पद कारोबारको संलग्नताबाट सफाइ नपाएको व्यक्ति पनि उल्लिखित पदका लागि योग्य नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस