काठमाडौँ। प्राविधिक समस्या हलपछि ढिलो गरी सेयर कारोबार सुरु भएको छ ।
बुधबार विद्युत् आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुगेको थियो ।
साढे ११ बजेपछि नियमित रूपमा सेयर कारोबार सुरु भएको छ । प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ ।