पूर्वमुख्यसचिव पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पूर्वमुख्यसचिव पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन


४ मंसिर २०८०, सोमबार


काठमाडौँ ।  गृह मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार गर्न मन्त्रालयले पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएका हुन् ।

समितिमा पौड्यालसहित शरदचन्द्र पौडेल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।

सदस्य सचिवको जिम्मेवारी नीति योजना महाशाखा सहसचिवलाई दिइएको छ । मन्त्री श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरू सबैले स्वयंसेवकको रूपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए ।

मन्त्रालयले विभिन्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस