माओवादी रूपान्तरण अभियान एक महिना थप, पुस १५ गते शक्ति प्रदर्शन गर्ने तयारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

माओवादी रूपान्तरण अभियान एक महिना थप, पुस १५ गते शक्ति प्रदर्शन गर्ने तयारी


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि थालेको रूपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ।

माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्‍याइने भएको हो।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले रूपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसको अवधि थप गर्ने तयारी गरिएको एक नेताले जानकारी दिए।

त्यस्तै रूपान्तरण अभियानको समापनका क्रममा पुस १५ गते माओवादीले काठमाडौँमा सभा गर्ने भएको छ। अभियान समापन कार्यक्रमलाई माओवादीले आफ्नो शक्ति प्रदर्शनको अवसरका रूपमा प्रयोग गर्ने भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस