काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन तोलामा एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।