२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व कायम राख्दै अघि बढ्नु आजको आवश्यकता : खिलराज रेग्मी

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

बडादसैँका अवसरमा शुभकामना दिँदै उनले दुःखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव एवं चरित्र भएकाले महँगी र गरिबीमा पनि गच्छेअनुसाको आर्थिक र सामाजिक व्यवहार गर्दै खुसीयालीका साथ विजया दशमी मनाउन आग्रह गरेका छन् ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाजमा विशेष चाडका रूपमा विजयादशमी हर्षोल्लासका साथ मनाइन्छ, यस अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।”

उनले धार्मिक सहिष्णुता, जातीय सहअस्तित्व र साम्प्रदायिक सुसम्बन्ध उदाहरणीय रूपमा रहेको नेपाली समाजमा केही अलमल र खलबलका सङ्केत देखा पर्नु वाञ्छनीय नभएको उल्लेख गरेका छन् ।

पूर्वअध्यक्ष रेग्मीले भनेका छन्, “विकास, समृद्धि र सामाजिक रूपान्तरणका लागि नेपाली आवश्यकतालाई सम्बोधन गर्ने गरी अझ पनि सामाजिक तथा राजनीतिक वातावरण किन स्वच्छ हुन सकिरहेको छैन रु नेपाली समाजमा अहम् प्रश्नको रूपमा आज पनि रही रहनु सुखद् पक्ष होइन ।”

सन्देशमा पूर्वअध्यक्ष रेग्मीले विजयादशमीले शान्ति, समृद्धि, आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सहकार्य र एकता अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिलोस भनी कामना गरेका छन् ।

उनले सबैमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस