२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गयो’

अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारले बन्द गरेको आरोप लगाएका छन् ।

काठमाडौँ २ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले आफ्ना मान्छेको अनुहार देखिएपछि सरकारले भ्रष्टाचारको फाइल सबै बन्द गराएको बताए ।

उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्दा हामीले स्वागत गरेका थियौँ । संसदमा मैले नै उभिएर भनेको थिएँ, भ्रष्टाचारको फाइल खोल्यो, जरोसम्म पुग्नु भनेको थिएँ । जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउनासाथ सरकारको सातो गयो । त्यहाँ त आफ्नो मान्छेको अनुहार झल्झल्ती आयो । आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभई बन्द गरेर जस्ताको तस्तै बनेको छ ।’

उनले २०८४ सालपछि अहिले सरकारले बन्द गरेको फाइलको धुलो टकटक्याएर सबैलाई कारबाही गर्ने बताए ।

रविले भने, ‘केही चिन्ता गर्नुपर्दैन, २०८४ मा सबै धूलो टकटकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैँका लागि बन्द गर्छौँ । हाम्रो परिवारदेखि मन्त्री, सांसद प्रधानमन्त्रीसम्म भए पनि छाड्दैनौँ ।’

उनले कोशीमा महागठबन्धन बनेकाले अब सदनमा प्रमुख प्रतिपक्षी आफ्नो दल भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस