२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षकलाई पार्टी सदस्य बनाउनुहुन्न, राजनीतिमा आउने भए राजीनामा दिनुस्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षक र पार्टीको सम्बन्धबारे अब प्रष्ट हुनुपर्ने बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिमा उनले राजनीतिक दल सम्बन्धी ऐन, निर्वाचन सम्बन्धी ऐन र विद्यालय शिक्षा विधेयकले शिक्षकले पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गरेको भन्दै अब पार्टीले पनि निर्णय गर्नुपर्ने बताएका छन् ।

काँग्रेसको महाधिवेशन प्रतिनिधिमा शिक्षकहरू सहभागी भएको विषयमा उच्च अदालत पाटनले पटक पटक चिठी लेखेको भन्दै महामन्त्री थापाले भने, ‘यसले हामीलाई ठिक ठाउँमा उभिन भनेको छ । हामी प्रष्ट हुनुपर्छ, खुला हुनुपर्छ । शिक्षकहरू पनि प्रष्ट हुनुपर्छ ।’

पार्टीको शुभेच्छुक सङ्गठन नेपाल शिक्षक संघमा आबद्ध शिक्षकले नेतृत्व गरेका धेरै विद्यालय उत्कृष्ट रहेको तर उनीहरूले पनि पार्टीको झोले भन्ने आरोप खेप्नुपरेको थापाले बताए । त्यसैले अब शिक्षकले राजनीतिमा आउन चाहेमा शिक्षण पेशा छाड्नुपर्ने व्यवस्था गर्नुपर्ने थापाले बताए ।

‘अहिले कसैले पनि शिक्षक भएर पार्टीको सदस्य लिन्छु भन्न सम्भव छैन, पार्टी राजनीतिमा आउने हो भने शिक्षण पेशा छाड्नुपर्छ । त्यसका लागि हामीले विधानबाट ढोका खोलिदिनुपर्छ । शिक्षकले राजीनामा दिएर आएको दिन पार्टीमा स्थान पाउनुपर्छ’, उनले भने ।

काँग्रेसले शिक्षकलाई दलको कार्यकर्ता नभई शिक्षकको हैसियतमा समाजमा आर्जन गरेको पुँजीलाई अवकाशपछि उपयोग गर्नुपर्ने थापाले बताए ।

शिक्षकले जुन दिन राजनीतिमा आउने निर्णय गर्छन्, त्यस दिन पार्टीमा आउन मिल्ने गरी ढोका खोल्नुपर्ने र त्यसका लागि महासमितिबाट निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस