२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से ४.२६ अङ्कले बढ्दा कारोबार रकम ८७ करोडमा सीमित

अ+ अ-

काठमाडौँ । सेयर बजारमा एकल अङ्कको सामान्य वृद्धि भएको छ । नेपाली महिलाहरूले मनाउने तीज पर्वको दिन लगानीकर्ता ‘फेस्टिभ मुड’ मा हुँदा साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ ।

सोमबार नेप्से ४.२६ अङ्कले वृद्धि भएर १९६९.१८ को बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४२.१४ अङ्कको उच्च गिरावट भएर १९६४.९१ को विन्दुमा बन्द भएकोमा सोमबार ०.२१ प्रतिशतले बढेको हो ।

बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४ प्रतिशतले गिरावट हुँदा नेप्सेमा पनि उल्लेख्य रूपमा बढ्न सकेन । सोमबार व्यापार उपसूचक सर्वाधिक १.६० प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक १.०४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम २ अर्ब नाघेको थियो । तर, सोमबार भने कारोबार रकम ८७ करोड ४ लाखमा सीमित भएको छ । सोमबार कारोबार भएकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ९ करोड ३९ लाखको कारोबार हुँदा एनआईसी एसिया बैंकको ४ करोड ३४ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १५ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये इमर्जिङ नेपालको सेयरमूल्य ९.९९ प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै भूगोल इनर्जी डेभलमेन्ट कम्पनीको सेयरमूल्य ८.७२ प्रतिशतले बढेको हो ।

शुभम् पावर लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स पावर लिमिटेडको सेयरमूल्य ४.९६ प्रतिशत र समता घरेलु लघुवित्तको सेयरमूल्य ३.५१ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस