एसिया कपमा करणले लिए पाकीस्तानको पहिलो विकेट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एसिया कपमा करणले लिए पाकीस्तानको पहिलो विकेट


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । एसिया कप-२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालका करण केसीले पहिलो विकेट लिएका छन् ।

टस हारेपछि फिल्डिङमा आएको नेपालबाट छैटौँ ओभर बलिङका लागि आएका करणले पाकिस्तानका फखर जमानललाई पभेलियनको दिशा देखाए । करणले १४ रनमा खेलिरहेका फखरलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।

हाल ५.३ ओभरको खेल सकिँदा पाकिस्तानले एक विकेट गुमाएर २१ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस