२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासद्वारा गाजाका ७ जनालाई मृत्युदण्डको फैसला

अ+ अ-

गाजा सिटी, प्यालेष्टिनी भूभाग । इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासले गाजाका सात व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

गाजा पट्टीको एक सैन्य अदालतले इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा आइतबार सात जनालाई मृत्युदण्डको सजाय सुनाएको गाजाको गृह मन्त्रालयले जनाएको हो ।

अदालतले गाजामा अन्य सात जनालाई २५ वर्षको जेल सजाय सुनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले गाजालाई आफ्नो नियन्त्रणमा लिएको छ र त्यहाँको सैन्य अदालतले इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा दोषी ठहरिएका व्यक्तिहरूलाई नियमित रूपमा मृत्युदण्डको सजाय सुनाउँदै आएको छ ।

प्यालेस्टिनी कानुनअनुसार मृत्युदण्डको सजायका लागि प्यालेस्टिनी सरकार प्रमुखको स्वीकृति आवश्यक पर्छ, जसको मुख्यालय कब्जा गरिएको वेस्ट बैंकमा छ ।

तर सन् २००७ मा हमासले गाजा पट्टीकब्जा गरेयता उसले वेस्ट बैङ्कलाई बारम्बार बेवास्ता गर्दै आएको छ र गत सेप्टेम्बरमा इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा दुई प्यालेस्टिनीलाई र अन्य तीन जनालाई हत्या गरेको अभियोगमा मृत्युदण्ड दिएको थियो ।

गत अप्रिलमा इजरायलसँग सहकार्य गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको थियो भने अन्य चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

गाजा पट्टीमा सन् २०२२ मा कम्तीमा १७ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

इजरायल र संयुक्त राज्य अमेरिकाद्वारा ‘आतङ्कवादी समूह’ घोषित हमाससहित गाजामा विगत १५ वर्षमा धेरै युद्धहरू भएका छन्।

गाजा पट्टीमा करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्छन्, जहाँ हमास सत्तामा आएदेखि नै इजरायली नेतृत्वमा नाकाबन्दी जारी छ ।

प्रतिक्रिया दिनुहोस