१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस सेयर र लाभांश दिने

अ+ अ-

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई बोनस सेयर र लाभांश दिए भएको छ । बैंकको मंगलबार सम्पन्न ३१ औँ वार्षिक साधारणसभाले २०७४ असाढसम्मको संचित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड पुगेको छ । त्यसै गरी बैंकको सञ्चिति रकम बढेर ८ अर्ब ८ करोड पुगेको छ । शेयरधनी कोषको रकम १८ अर्ब ७० करोड पुगेको छ । यस बैंकको शेयरधनी कोष पनि निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा उच्च रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा ५ अर्ब २४ करोड सञ्चालन मुनाफा कमाएको जनाइएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा २६.७ प्रतिशतले बढी भएको बैंक संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए । बैंकको खुदनाफा २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड पुगेको छ, पाँडेले भने ।

बैंकको निक्षेप १५.७ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा लगानी २२.६ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) रेसियो गत वर्षको ०.६८ प्रतिशतभन्दा बढेर ०.८३ प्रतिशत पुगेपनि आउँदा बर्षमा घटाएर अझ न्यूनतम् स्तरमा लैजाने बैंकको प्रयास जारी रहने बैंकले जनाएको छ ।

बैंकको काठमाडौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ३८ गरी जम्मा ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएम पुगेको छ ।

बैंकले नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन बैंकबाटै भुक्तानी गर्न सबै शाखा तथा इ–बैंकिङमार्फत सेवाको सुरुवात गरेको छ । साथै बैंकले सर्वसाधारणलाई सरकारी राजश्व संकलनमा सुलभता होस भन्ने उदेश्यले देशका विभिन्न ११ स्थानका यातायात व्यवस्था कार्यालयमा राजश्व संकलन केन्द्र खोली नयाँ सुविधाको थालनी गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने, समयानुकुल प्रविधिको प्रयोग गरी ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।

यसैवर्षदेखि बैंकले एटिएम र पस मेसिन दुबैमा प्रयोग गर्न आफ्नो कार्ड संजालमा मास्टर कार्डको सेवासंचालनमा ल्याएको छ । साथै अन्य थुप्रै सेवा सुविधाको गुणस्तरमा वृद्धि गरेको जनाएको छ ।

आज भएको साधारणसभाबाट बैंकमा चार जना संचालक समेत चुनेको छ। पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी, कवि कुमार टिवरेवाला र सूर्यप्रकाश लाल श्रेष्ठ बैंकको संचालक चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस