काठमाडौँ । श्री एयरलाइन्सले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् ।
उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिनेछन् ।
शनिवार काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौँ नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।
