२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमसञ्चारसम्बन्धी विधेयक छिट्टै संसदमा पेस तर्ने तयारी 

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारसम्बन्धी विधेयक छिटोभन्दा छिटो संसदमा पेस गर्ने बताएकी छिन्। विज्ञहरूसँग आवश्यक सुझाव लिएर सो विधेयकलाई संसदमा पेस गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरू पुराना भएकाले त्यसलाई अद्यावधिक गरेर नयाँ कानुन बनाउने काममा सरकारले ढिलाइ नगर्ने प्रस्ट पारिन्।

‘हामी सबैलाई थाहा छ यो सञ्चार र सूचना प्रविधिका ऐन, कानुनहरू असाध्यै पुराना छन्। र, यो क्षेत्रमा व्यापक रूपमा परिवर्तन भएको छ। र, नयाँ ऐन, कानुन जरुरी छ । यसका निम्ति हामी मन्त्रालयमा गम्भीरतापूर्वक छलफल गर्दै छौँ। हामी यसलाई छिटोभन्दा छिटो प्रक्रिया अघि बढाउनेछौँ,’ उनले भनिन्।

मन्त्री शर्माले दूरसञ्चारसम्बन्धी फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरूको पूर्वाधार विकास गरी मुलुकको राजस्व वृद्धिमा योगदान पुर्‍याउने योजनाका साथ काम भइरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस