२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफैँ ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि…

अ+ अ-

बारमेर (राजस्थान) । राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धूमधामसँग बिहे गराएका हुन् ।

आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए । अझ आश्चर्यको कुरा के भने दुलाहा आफैले ट्याक्टर चलाएका थिए । उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो । ट्याक्टरमा दुई सय जनाभन्दा बढी जन्ती थिए ।

‘मेरो विवाहमा जम्मा एउटा ट्याक्टर थियो, मैले छोराको लागि ५१ वटा ल्याएँ,’आफ्नो परिवारको मुख्य पेशा कृषि भएकाले किसानको पहिचान ट्याक्टर चलाएर बुहारी लिन छोरालाई निर्देशन दिएको स्पष्ट गर्दे दुलहा प्रकाशका बुवा भन्छन् । बाबुको निर्देशनअनुसार आफूले ट्याक्टर चलाएको र किसानको छोरालाई दुलही लिन जाँदा अन्य सवारी साधन चढ्नुपर्छ भन्ने नलागेको उनले बताए । शेरवानीमा सजिएका उनले रवाफिलो विवाह नरुचाएको एनएनआईलाई सुनाए ।

कन्या पक्षका मानिस दुलहा स्वयमले ट्याक्टर लिएर आएको खबर दुलही ममताको गाउँमा फैलिएपछि आश्चर्यचकित धेरै गाउँले प्रकाश र ट्याक्टरमा आएका उनका जन्तीलाई हेर्न धुइरिएका थिए । प्रकाशका पितासँग ३० वटा ट्याक्टर भएकाले जन्ती जान अरु सवारी साधनको जोहो नगर्ने बरु छिमेकी किसानका ट्याक्टर पनि माग्ने निर्णय गरेर थप २१ वटा ट्याक्टरमा जन्ती व्यवस्थापन गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस