२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयद्वारा १० प्रतिशत शय्या छुट्याउन देशभरका अस्पताललाई परिपत्र

अ+ अ-

काठमाडौँ । सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कुल शय्याको १० प्रतिशत छुट्याएर राख्न सबै अस्पताललाई परिपत्र गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार देशभरका सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई पत्र पठाउँदै विपन्न, असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याई त्यसलाई कार्यान्वयनमा ल्याउन अनुरोध गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि निजी अस्पतालको अनुगमन गर्दा अस्पताल सञ्चालकहरूले कसलाई गरिब, विपन्न मान्ने भन्दै प्रश्न उठाएका थिए। त्यसको जवाफ दिने गरी मन्त्री बस्नेतले शुक्रबार नै मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न, असहाय र बेवारिसेका लागि छुट्याइने १० प्रतिशत शय्याका लागि स्थानीय तहले गरेको सिफारिसको आधार र सरकारले यसअघि वितरण गरेको गरिब परिचयपत्रका आधारमा दिन सकिने भनेका छन्।

मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम सरकारले तयार गरेको स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ को ‘घ’ मा भएको व्यवस्थाको कार्यान्वयन गर्न खोजेको बताएको छ।

१० प्रतिशत निःशुल्क शय्याका विषयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र काठमाडौँ महानगरपालिकाले यसअघि नै कार्यान्वयनमा गर्नुपर्ने बताइसकेका थिए। उनीहरूले यसको कार्यान्वयन नगर्ने अस्पताल कारबाहीको भागीदार हुने चेतावनी समेत दिएका थिए।

पत्र :

प्रतिक्रिया दिनुहोस