२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानी शरणार्थी प्रकरण : घर बन्धकी राखेर साढे २ करोड बादलका छोरालाई दिएको केसीको बयान

अ+ अ-

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका आरोपित रामशरण केसीले सम्पत्ति बन्धकी राखेर प्रतीक थापालाई रकम दिएको स्वीकारेका छन् ।

जिल्ला अदालत, काठमाडौँमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज पन्थी (जाहेरीकर्ता)बाट लिएको एक करोड समेत गरी साढे २ करोड रुपैयाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई बुझाएको बताएका हुन् ।

केसीले बयानमा भनेका छन्, ‘केशव दुलालले मलाई नक्सालस्थित निलगिरी रेस्टुरेन्टमा पैसा लिएर आउनू भन्नुभयो । प्रतीक थापालाई नदेखाई पैसा दिँदैनौ भनेपछि दुलालले फोन गरेर बोलाए । प्रतीक थापाले दुलाललाई दिए हुन्छ भनेपछि नगदै दिएका हौँ । दुलालले कारको डिक्की खोलेर राख्न लगाउनुभयो । त्यसपछि लकडाउन भयो ।’

केसीले भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बोलाएर आफूलाई केशवप्रसाद दुलालसँग चिनाइदिएको बताएका छन् । शरणार्थीको काम छ, भरपर्दो मान्छे केशवप्रसाद दुलाल हो भनेर रिजालले विश्वास दिलाएको भन्दै केसीले बयानमा आफूलाई टेकनाथ रिजालले मान्छे खोज्न भनेको समेत बताएका छन् । उनलाई रिजालले भने, ‘तपाईँका कोही आफन्त साथीभाइ अमेरिका जाने छन् भने मलाई भेटाइदिनुस् ।’

त्यसपछि भुटानी मानव अधिकार सङ्गठनको परिचयपत्र बाँड्ने काम भएको उनी बताउँछन् । आफ्नो र चिनजानका ३४ जनालाई परिचयपत्र दिइएको र त्यस क्रममा प्रतिव्यक्ति २ देखि ३ लाखका दरले करिव ९० लाख रुपैयाँ उठाएको केसीले बताएका छन् ।

२०७६ को मंसिरसम्ममा परिचयपत्रको आधारमा भुटानी शरणार्थीको सुचीमा छुट दर्ताको फाराम भर्ने काम भएको र त्यसपछि हरेकसँग १० लाख रुपैयाँका दरले रकम उठाइएको उनी बताउँछन् ।

त्यसपछिको कुनै एक दिन आफूलाई केशवप्रसाद दुलालले साँखु जाने बाटोमा रहेको रेष्टुरेन्टमा बोलाएको र दुलालको साथमा प्रतीक थापा समेत रहेको केसीले बताएका छन् । त्यहाँ पुगेपछि केशव दुलाल र प्रतीक थापाले, ‘अब काम निस्कियो, पैसा चाहियो भनेर रकम मागे । त्यसपछि मेरो घर दृष्टि बन्धक राखेर डेढ करोड २०७७ असोजमा नगदै बुझिलिएको हुँ । त्यसको राजश्व तिरेको रसिद मसँग छ । पोखराबाट प्रेमराज पन्थीले एक करोड रकम ल्याएपछि हामीले नक्सालमा केशव दुलाललाई नगदै दिएका हौँ ।

केसीले अदालतमा गरेको बयान अनुसार, काम नबनेपछि र ब्याजले थेग्न नसकेपछि प्रेमराज पन्थीले २ मंसिर २०७८ मा अख्तियारमा उजुरी दिएका हुन् । भोलिपल्ट रामशरण केसीले केशवप्रसाद दुलाल लगायतको नाम मुछेर उजुरी दिए । अख्तियार प्रमुख प्रेमकुमार राईले उनीहरूलाई बोलाए ।

अख्तियार प्रमुखसँग गरेको गुनासोबारे उनीहरूले बयानमा भनेका छन्, ‘हामी पीडित छौ, हजुर गृह सचिव भए देखिको पालामा निस्किएको काम अहिलेसम्म भएन, हामीले दिएको पैसा काम नहुने भए फिर्ता दिलाइदिनुपर्‍यो ।’

जवाफमा अख्तियार प्रमुख राईले ‘म कुरा गरिदिन्छु’ भनेर सान्त्वना दिएको केसीले बयानमा उल्लेख गरेका छन् । ‘त्यसको नौ महिनासम्ममा पनि केही कारबाही नभएपछि हामी अपराध महाशाखा, नयाँबानेश्वरमा निवेदन लिएर गयौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस