काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गरिने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गरिने 


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २ महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्न सुरु गर्ने योजना बनाएको छ । करिब २ महिनापछि काठमाडौँको रत्नपार्क र महाराजगन्ज लाजिम्पाट क्षेत्रमा घर-घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ ।

कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम धमाधम भइरहेका छन् ।

महाराजगन्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्न तयारी सुरु भएको हो ।

प्राधिकरणले सडकबाट उपभोक्ता घर र कार्यालयसम्म भूमिगत रूपमा तार लैजाने छ । र, मिटरमा जोड्ने छ । भूमिगत लाइनबाट बिजुली जोडेपनि केही महिना पोल भने हटाउने छैन ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइनहरू चार्ज गर्ने प्राधिकरणको योजना छ ।

काठमाडौंमा लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका करिब १ लाख घरमा स्मार्ट मिटर जोडेको छ । काठमाडौँको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

काठमाडौँमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने दाबी गरेको छ । यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिकरणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस