काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि वर्षा भइरहेको छ। मौसमी प्रणाली बिस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौँसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुनेछ । यी प्रदेशमा प्रि-मनसुनसँगै पश्चिमी वायुको प्रभाव परेको उनले बताए । 

यस्तै, दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस