विद्युतीय शवदाह गृह निःशुल्क गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विद्युतीय शवदाह गृह निःशुल्क गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै निःशुल्क शव जलाउन नपाइने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसहित वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन तत्काल नहुने भएको हो।

पशुपति क्षेत्र विकास कोषका अनुसार शवदाह निःशुल्क बनाउनुअघि मेसिन थप्नुपर्ने आवश्यकता छ। मेसिन थपेपछि मात्रै निर्णय कार्यान्वयन हुने जनाइएको छ ।

अहिले कोषले शवदाहका लागि ४ वटा मेसिन थप्ने तयारी गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस