काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरेका छन् ।
उनले सरकारलाई संसद्मा छानबिनसहितको विषयमा जानकारी गराउन रुलिङको माग गरेका हुन् ।
उनले भने, ‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्मा यति छानबिन भएको छ यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ । आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ । अन्तर्राष्ट्रिय समुदायको ध्यान कृष्ट भएको छ । यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ । यसमा निष्पक्ष छानबिनको विषयमा जनतालाई विश्वास छैन ।’