काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू सरकार ढाल्ने खेलमा भन्दा रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका छन्।
शुक्रबार बसेको पार्टीको संयुक्त बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले आफूहरू पार्टी र सङ्गठन निर्माण र रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका हुन्।
‘हामीले जनभावना र जनमतको कदर गर्नु पर्ने हुन्छ। यो पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश शुभचिन्तकको चाहना यही थियो कि सशक्त प्रतिपक्षको रूपमा भूमिका निर्वाह र पार्टी सङ्गठनलाई सशक्त बनाएर लानुपर्ने हामीलई म्यान्डेट प्राप्त भयो,’ उनले भने, त्यही अनुरूप हामी अगाडि बढ्छौँ।’
एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भनेर धेरैले हेर्न चाहेको भन्दै आफूहरू त्यही अनुरूप अघि बढ्ने उनले बताए।
सरकारलाई समर्थन गरेको बेला न्यूनतम साझा कार्यक्रममा आफूहरूको एजेन्डा हटाएको भन्दै रास्वपाले आपत्ति जनाएको थियो।







