काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) दुई खेल हुँदै छन् ।
एन्फा कम्प्लेक्स जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
जावलाखेल १३ खेलबाट २४ अङ्क जोडेर शीर्ष स्थानमा छ भने पुलिसले १२ अङ्कमा सीमित छ ।
यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाट नै सुरु हुनेछ ।
थ्रि स्टारले १३ वटा खेलबाट ६ वटामा जित हासिल गर्दै २२ अङ्क बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अङ्कमा सीमित छ ।