३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूहरू नजाग्दा स्यालहरू गर्जिरहेका छन् : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिहरू उल्टाउने कोसिस भइरहेको दाबी गरेका छन् । अब उपलब्धि रक्षाका लागि सबै क्रान्तिकारीहरू सशक्त आन्दोलित हुनुपर्ने उनले बताएका हुन् । 

माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै दाहालले आफूहरू नजाग्दा स्यालहरू गर्जिरहेको टिप्पणी गरे ।

‘नेपाली जनताका धेरै संघर्षमार्फत प्राप्त उपलब्धिहरू उल्ट्याउने कोसिस भइरहेको छ । हिजो जनयुद्ध, जनआन्दोलनका क्रममा गरिएका बलिदानका असीमित कीर्तिमानप्रति धेरै ठूलो प्रहार हुन खोजेको छ । अहिले हेर्ने हो भने हरेक उपलब्धि उल्टाउन खोज्ने प्रवृत्तिलाई बढावा दिने काम भएको छ । राष्ट्रिय रूपमा अहिले हामी सबै यो प्रतिक्रान्ति र उपलब्धिहरूको रक्षाका निमित्त सशक्त आन्दोलित हुनुपर्ने अवस्था आइलागेको छ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले अहिले सरकारले गरिरहेका सकारात्मक काम र पहलकदमीमाथि पनि प्रहार भइरहेको दाबी गरे । 

उनले माओवादी आन्दोलनको विद्रुपीकरण गर्ने र यसलाई आतङ्ककै रूपमा प्रचार गर्ने काम भएको भन्दै आपत्ति जनाए । 

उनले त्यस्ता कुँडाकर्कटहरुलाई जवाफ दिनकै लागि आफूले फागुन १ गत जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय गरेको बताए । 

प्रतिक्रिया दिनुहोस