२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाह गरेर दिएकी छोरीलाई बाबाको पत्र

अ+ अ-

प्यारी छोरी ! शुभाशीर्वाद !

तिमीलाई बिदाइ गरेको धेरै दिन भई सकेको छ । मलाई पनि अझै सहज भएको छैन । तिम्री आमालाई झन् कति असहज भएको होला भन्ने लाग्छ । तथापि तिम्रो दाजुले असहजता कम गर्न हरदम पहल गरिरहेका छन् । मेरो जीवनमा मैले आफ्नो लुगामा इस्त्री (आइरन) लगाउन नै सिकिन्, प्राय तिमीले नै लागईदिन्थ्यौं । कार्यालय जाने लुगा ठिक छ कि छैन हेर्न समेत भ्याउथेउ । प्रत्येक दिन कार्यालयमा निस्कने बेला नास्ता/खाजा भयोकी भएन भनेर सम्झिन्थ्यौ । मेरो खाजाको झोला श्रद्धा पूर्वक परीक्षण गर्थ्यौ । आफैले सम्झेर हप्तौँलाई पुग्ने मेरो खाजाको सामग्री ल्याएर आमालाई सहजता प्रदान गर्थ्यौँ । खाजाको प्रकार र समय सारिणी बनाएर भान्छामा टाँसेर आमालाई सहजता प्रदान गरेकी थियौ । म कार्यालयबाट आउन ढिला भएमा किन, कस्तो भनेर जिज्ञासा राख्थ्यौँ । बिमारी हुँदा तिमीहरूले निभाएको भूमिका यहाँ कसरी लेखौँ । तर यस किसिमको असहजता हामीलाई मात्र परेको होइन । आजको कुरा मात्र पनि होइन परापूर्व काल देखिको विषय हो । 

“जान्छिन् आज शकुन्तला घर भनी उड्दो छ चिन्ता अति

प्रीतिका मनमा प्रवाह बहँदा रोकिन्न आँसु रति ।

हामी झैँ बनवासीको पनि भयो यो गत, भने यो घडी

बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाइ गरी ।”

पौराणिक कालमा कव्य ऋषिको आश्रमबाट शकुन्तला नाम गरेकी एक युवतीलाई बिदाइ गर्न पर्दाको दुखान्त अभिव्यक्ति हुन यी माथिका हरफहरू । त्यति वेला विश्वामित्र ऋषिले अदभूत तपस्या गरे । उनको तपस्यालाई भङ्ग गराउन स्वर्गका राजा इन्द्रले मेनका नामकी अपसरा तपस्या गरेको ठाउँमा पठाए । मेनका र विश्वामित्र ऋषिवाट एक बालिकाको जन्म भयो । मेनकाले आफ्नो उद्देश्य पूरा गरी ती बालिकालाई जङ्गलमा छाडेर स्वर्ग तर्फ लागिन । त्यो जङ्गलमा शकुन्तला नामको पक्षी (चरा)ले उनको रक्षा गर्‍यो । ती बालिकामा कण्ब नाम गरेका ऋषिको दृष्टि पर्‍यो आफ्नो आश्रममा लिएर गए । शकुन्तला नामको पक्षीले रक्षा गरेकोले उनको नाम शकुन्तला रह्यो । तिनै ऋषिले उनलाई हुर्काए शिक्षा दीक्षा दिए । 

यो विषयवस्तुका बारेमा कुरा मैले पहिले पनि सुनेको थिएँ । तर आफैलाई परेपछि झन् अर्थपूर्ण भएको छ । ऋषि केही समयका लागि आश्रममा थिएनन् । त्यही वेला एक दिन शिकार खेल्न जङ्गल गएका दुष्यन्त नाम गरेका राजासँग शकुन्तलाको भेट हुन्छ । माया प्रेम बस्छ । राजा दुष्यन्तसँग गन्धर्व विवाह हुन्छ । केही दिन बिते पछि विवाह गर्ने बाचा गरेर राजा फर्किए । उनले विवाहको चिनोको रूपमा आफ्नो नाम लेखिएको औँठी दिएर पछि लिन आउने बाचा सहित दरबारमा फर्किन्छन् । 

दिन बित्दै गयो । दुश्यान्तको सम्झनाले शकुन्तलालाई सताउन थाल्यो । स्वामीको ध्यानमा तल्लीन हुन थालिन । यसै बिचमा राजाको ध्यानमा एकोहोरिएकी शकुन्तलाले आश्रममा दुर्वासा ऋषि आएको थाहा पाइनन् । दुर्वासा ऋषिले आफ्नो अपमान गरेको मानेर उनलाई “जसको ध्यानमा तिमी यति मग्न छ्यौ । त्यसैले तिमीलाई बिर्सने छ ।” भन्ने श्राप दिन्छन् । अनेक बिन्ती गर्दा उनको त्यो श्रापलाई “उसले चिनोको रूपमा दिएको समान देखेमा सम्झने छ ।” भनी अलिकति सच्याइदिन्छन् ।

दिन बित्दै जाँदा ऋषि कण्बलाई शकुन्तला गर्भवती भएको थाहा हुन्छ । दुष्यन्तको गर्भ भएकाले ऋषि कण्बले आफ्ना शिष्यका साथ शकुन्तला र उनको सन्तानलाई दुष्यन्त राजा कहाँ पठाउँछन् । शकुन्तला घर जाने कुराले ऋषिलाई साह्रै चिन्तित बनायो । त्यस कुराले साथीहरू, बनका लहरा, बिरुवा, चराचुरुङ्गी, हरिण मृगलाई पनि मन पोलेर आँसु बगी रहे । हामी जस्ता बनमा बस्ने तपस्वीको त यो अवस्था भयो भने जन्म दिएर हुर्काएको छोरीको बिदाइ पछि गृहस्थीहरु कसरी धैर्य गरेर बस्दा हुन भनी उनी भन्दछन् । 

तिम्रो दाजु उनको कार्यालयको काम अदृश्य कार्यालयको रूपमा यही घरमा नै बसेर गर्ने गरी विदेशबाट आएपछि तिमी बढी प्रसन्न र खुसी भएको अनुभुति मलाई भएको थियो । विवाहका सबै पक्षमा तिम्रो दाजुले लिएको जिम्मेवारी, तिमी प्रतिको भावनात्मक व्यवहार, माया र प्रेम मैले सोचे भन्दा धेरै उच्च कोटीको थियो । यसले हामीलाई धेरै नै आनन्दित बनाएको थियो । विवाहका दिन नजिकिँदै आए । विवाह भएको दिनमा हामीले तिमीलाई बिदाइ गर्‍यौँ  । तिम्री, आमा, दाजु र म के बोल्ने के नबोल्ने अवस्थामा मौन नै रह्यौ । नबोलेर नै एक अर्कोलाई असहज हुन दिएनौँ । तिम्रा सानीमा र सानो बाहरूले त्यसमा साथ दिए । घरी मनमा  एउटा काम सकियो भनी तरङ्ग निस्किँदै खुसी भइन्छ । फेरि अर्को तरङ्ग निस्किन्छ अनि खिन्न हुन्छ । सायद यस्तो सकस मलाई भन्दा तिम्री आमालाई अवश्य बढी भयो होला । तिम्रो दाजुले त्यस असहज र उकुस मुकुशका अवस्थामा आत्मालाई प्रभाव पार्न, सन्तुष्ट बनाउन तथा शान्ति दिन होला विवाह तयारी देखि त्यति वेला सम्मको विषयवस्तुको प्रसङ्ग निकाल्दै हाम्रो ध्यान अन्यत्र मोड्ने प्रयत्न गरिरहेका छन् । विवाहमा कति खर्च भयो, के के गरियो, ककसले के के गरे जस्ता विषयमा ध्यान केन्द्रित हुँदा धेरै सहजता महसुस भएको छ । जीवन भनेको सुख पछि दुख अनि सुख फेरि दुख हो भन्दछन् । 

विषयवस्तु अघिकै शकुन्तला र ऋषि कण्व तिर लग्न मन लाग्यो । जब शकुन्तला दुष्यन्त राजाको दरबारमा जाँदै गर्दछिन् । बाटामा पर्ने खोलामा पानी खान लाग्दा दुष्यन्त राजाले चिनोको रूपमा दिएको औँठी हराउँछिन् । दरबारमा पुगेर आफूलाई चिनाउन खोज्दा राजाले उनलाई चिन्न सक्दैनन् । उनी अपहेलित बनेर फर्किन्छन् । तर कहाँ जाने के गर्ने मनमा सन्ताप पर्छ । त्यतीबेलै एउटा माझीले आफूले मारेको माछाको पेटमा राजाको नाम लेखिएको औँठी पाएको भनेर त्यही ल्याइपुर्‍याउँछ ।त्यो देखेपछि राजाले सबै कुरा सम्झेर उनलाई स्वीकार छन् । समय बित्दै गए पछि सन्तानको रूपमा छोरोको जन्म हुन्छ । उसको नाम भरत राखिन्छ । त्यो बालक ज्यादै पराक्रमी हुन्छ । नेपाल सहितको हिमालय पर्वत देखि दक्षिणमा हिन्द महासागर सम्मको क्षेत्रको लागि उनकै नामबाट  “भारत वर्ष” भनिएको हो, भने शास्त्रमा उल्लेख गरिएको छ ।

यो हाम्रो पौराणिक कथाहरूमा लिपिबद्ध भएको विषयवस्तु हो । शकुन्तलाको यो कथा धेरै लामो छ । मानवीय पक्षलाई साह्रै राम्रोसँग चित्रण गरिएको छ । व्यवहारिक कुराहरू थुप्रै छन् । संस्कृत भाषामा महाकवि कालिदासबाट रचित “अभिज्ञान शाकुन्तलम्” ग्रन्थ हो । साहित्य जगतमा महाकाव्यको रूपमा चिनिन्छ । संसारका धेरै भाषामा रुपान्त्रित छ । धेरै मानव सम्प्रदायमा जीवन र जगतका विषयमा मानिसको अभिन्न अङ्गको रूपमा लिने गरिएको छ । दाम्पत्य जीवनको उतार चढावमा प्रयोगमा ल्याइन्छ । हाम्रा परम्परा र संस्कार कति ठिक छन् कतिलाई समसामयिक बनाउन पर्नेछ त्यो छुट्टै विषय हो । 

कन्यालाई दान दिएर गोत्र नै परिवर्तन गराएर पठाने कुराले मलाई यो पटक गहिरो प्रभाव पार्‍यो । त्यसो भनेर म परम्परा, संस्कार र संस्कृतिको विरोधी भने पटक्कै होइन । हाम्रो संस्कार परिवर्तनका सम्बन्धमा मेरो मनमा भावनात्मक द्धन्द उठिरहेको हुन्छ । परम्परादेखि चली आएको सरल रेखीय संस्कार र चलनलाई अन्यथा लिन हुँदैन भन्ने पनि लाग्छ । कतिपय यस्ता विषयमा तत्काल प्रतिक्रिया दिइहाल्न भन्दा पनि मौन रहेर अनुभूति गर्ने अवसर दिनु पर्छ भन्ने लाग्छ । 

शास्त्रमा पनि नभएका, असान्दर्भिक भई सकेका विषयलाई परिवर्तन तर्फ आत्मासाथ गर्न सक्नु पर्छ । हाम्रो पूर्वीय दर्शनका अनुसार उमेरले जेष्ठलाई कनिष्ठले मान सम्मान गर्न पर्छ । कनिष्ठसँग भन्दा अग्रजसँग धेरै अनुभव र जानकारी हुन्छ । त्यसैले मान सम्मान गर्न पर्छ । पारिवारिक र सामाजिक परिवेशलाई निश्चित नियम र प्रक्रियाका आधारमा जीवन्त राख्न पनि यो आवश्यक छ । तर जुन मान्यताका आधारमा स्थापित गरिएका संस्कार हुन त्यो अनुसार नभएर आत्मपरक भएमा सम्मान गुम्छ । परिवेश र सन्दर्भ नमिली जबरजस्त प्रयास हुँदा सबैलाई असहजता हुन्छ । उमेरले ठुलाको अनुभवले खारिएको ज्ञान संस्कार र व्यवहारबाट  अग्रजले कनिष्ठबाट सम्मान लिन पनि सक्नु पर्छ । नत्र त्यो अवसर जेष्ठहरुले गुमाएका हुन्छन् । उनीहरूलाई सबै भन्दा बढी घाटा हुन्छ र सबैलाई घाटा भएको हुन्छ । त्यही अनुसार कनिष्ठले पनि आफूलाई होसियारी पूर्वक समाजमा र परिवारमा घुलन हुन सिक्नु पर्ने हुन्छ । यस्ता सामान्य कुराले जीवनमा असहजता हुन्छ भन्ने कुरा कहिले पनि भुल्न हुँदैन ।  

हाम्रा धेरै अभ्यासहरू अत्यन्तै उपयोगी छन् । बहुपक्षीय फाइदाका कुरा छन् । यस वर्ष केही महिना पहिले हाम्रो घरपरिवारमा गरिएको सात दिने पुराणका कथा र विषयवस्तुलाई निकै सूक्ष्म तरिकाले सुन्ने, बुझ्ने र अवलोकन गर्ने अवसर मिल्यो । त्यसको आचरणगत, सामाजिक, पारिवारिक, स्वास्थ्यका लागि, ज्ञानका लागि यति धेरै महत्त्व रहेछ; जीवनमा बुद्धत्व नै प्राप्त भए जस्तो भयो । यस विषयमा समय व्यवस्थापन गर्न सके सयौँ पाना लख्ने थिएँ जस्तो लागि रहेको छ । त्यस्तै सत्यनारायणको पूजा, मित लगाउने चलन आदिको अत्यन्तै ठुलो सामाजिक, पारिवारिक र जीवन पद्धतिसँग सम्बन्धित फाइदा छ । हाम्रो शास्त्रीय परम्पराअनुसार विवाह धेरै प्रकारका हुन्छन् ती मध्ये ब्राह्म विवाहको जीवन पद्धतिका लागि अत्यन्त ठुलो महत्त्व रहेछ । धेरै बाबुआमाले आफ्ना सन्तानबाट त्यस्तै प्रकारको व्यवहारको आस गरेका हुन्छन् । यी कुराको आफैलाई पर्दै गएपछि गहिरो अनुभूति हुँदो रहेछ । सायद यी र यस्ता द्विविधा र द्वन्द्वात्मक विषयहरूले केही दिन झस्काइ रहला र बिस्तारै बिर्सिँदै गइएला । 

शकुन्तला महाकाव्यमा ऋषि कण्बले छोरीलाई धेरै व्यवहारिक उपदेश दिएका छन् । नम्र बोल्नु, माइतीको प्रशंसा नगर्नु, अर्काको रिस र ईर्ष्या नगर्नु, ज्ञानी हुनु, शिष्टता र असल चरित्रले अरूलाई प्रभाव पार्नु । मानिसले आफ्नो परिवेशमा अरूलाई बुझेको हुन्छ । अरूको परिवेश नबुझेर प्रतिक्रिया दिन्छ । भविष्यको परिणामका बारेमा धेरै होस पुर्‍याएका हुँदैनन् । तथापि उसको निम्ति अत्यन्त श्रेष्ठ काम गरिरहेको हुन्छ । यस्ता विषयवस्तु अहिले पनि उत्तिकै महत्त्वका छन् । व्यवहारिक छन् । मलाई विश्वास छ । तिमीले पनि तिनलाई अवलम्बन गर्न प्रयास गरिरहने छौ । मैले पाएको जानकारी अनुसार तिम्रो घर परिवार समाजका अति असल पात्र हुनुहुन्छ । वहाँहरूको कुशाग्र व्यक्तिहरूको सहयोग र आड भरोसा पाएका छन् ।  तिमी पनि त्यस्तै असल पात्र भएर रहने छौँ । दुवै रसायन मिलेर अझ उच्च सामाजिक प्रतिष्ठा र सेवा गर्न सफलता मिलोस् । इमानदारिता र असल आचरण सधैँ केन्द्रीकृत विषय बनोस् । मात र घमन्डले कहिले पनि बास नगरोस् ।

उहिले सामाजिक संरचना फरक थियो, घरभित्रका काम महिलाहरूले गर्ने, घर बाहिरका र गाह्रा कामहरू पुरुषले गर्ने, त्यसैले अहिलेसम्म पनि भान्छाको काम र घरायसी काममा महिलाहरू सिपालु छन् । जाँगरिला देखिन्छन् । उहिलेको परिवेश भन्दा अहिलेको धेरै फरक छ । अबको परिवेश दुवैले घर बाहिर काम गर्न पर्ने हुँदा त्यही अनुसारको काम विभाजनको सहमति घर परिवारमा हुनुपर्छ । कार्यालयबाट घरमा आउँदा तनावमा आइएको हुनसक्छ, त्यस अवस्थामा तुरुन्तै प्रतिक्रिया दिने र रिसाउने काम पटक्कै गर्न हुदैन् । कार्यालय र घरका समस्यालाई होसियारी पूर्वक परिवारमा छलफल गरेर समाधान गर्नुपर्छ । जीवन भनेकै सहमतिमा चल्ने विषय हो भन्ने कुरालाई राम्रोसँग अन्तर्भूत गर्न पर्छ ।

तिमीलाई थाहै छ मेरो बाल्यकालको उमेरमा हाम्रो पहाडको बसाई थियो । ठुलो घर परिवार थियो । विद्यालय शिक्षाको माथिल्लो कक्षामा मात्र भर्ना भएर पढ्ने अवसर मिलेको थियो । बिहान र बेलुकी एक एक भारी घाँस काट्नु अनिवार्य दिनचर्या थियो । पछिल्लो समयमा हाम्रो बसाइ बर्दिया भयो । यसरी हामीले हाम्रो थातथलो छोडेको करिब चार दशक हुन लागेको छ, तथापि त्यो जन्मभूमिको जति सम्झना कहिको आउँदैन । त्यहाँको, माटो, जमिन, डाँडाकाँडा सबैसँग भावनात्मक सम्बन्ध हुँदो रहेछ । सपना देख्दा पनि बर्दिया,  काठमाडौँ कतैको पनि देखिन्, त्यही जन्मभूमिको खोला, पखेरा, बाल्यकालतिर, खेत र बारीमा काम गरेका, पौडी खेलेका सपना देखिन्छ । हजुरआमाले हामी बिहानै उठेर पढ्न भनेका र आफूले गाई भैँसीको सुसार गरेका विषय ताजा हुने गरी कहिले काहीँ सपनामा प्रतिविम्वित हुने गर्दछन् । तिमीलाई यसरी आफ्नो जन्मभूमि र हामीलाई छोडेर जाँदा अवश्य नरमाइलो लागेको छ, लाग्छ, तथापि यसलाई जीवन प्रक्रिया अनिवार्य विषयका रूपमा लिन पर्छ ।

अहिले मलाई तिमीहरूले तिम्री आमाको बारेमा भनेका कुरा याद आइरहेको छ  । तिमीहरूले भनेका थियौँ ”बाबा हाम्रो आमा कति वर्ष बर्दियाको हाम्रो घरमा बस्नु भएको ?” किन र ? भनेर प्रति प्रश्न गरेको थिएँ । त्यसमा तिमीहरूको प्रतिक्रिया यस्तो थियो । ×ममीलाई आफ्नो माइती (हाम्रो मामा घर) को बरु त्यति प्यारो भए जस्तो लाग्दैन । तर हाम्रो बर्दिया ढोढरीको भनेपछि मानिसहरू देखि चामल, दाल, बेसार, चना जेमा पनि अगाध प्रेम छ त” । यो विषयबाट तिमीले पनि पाठ सिक्नु पर्छ । नयाँ परिवेशको संस्कार, रहन सहनसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सक्नु पर्छ । भावना, प्रेम र माया जस्ता कुरा भनेर मात्र हुने करा त  होइनन् । सन्दर्भले कस्तो ल्याउँछ, आत्मानुभूति हुने कुरा पनि हुन् ।

तिम्रो बारेमा धेरै कुरा मनमा खेली रहन्छ । धेरै कुरा बेलाबेलामा सम्झनामा आइरहन्छ । सायद तिमी चार कक्षामा पढ्दा हो क्यारे मैले भुलले यती काम सकेर राख्नु भनेर अफिस गएछु, बाबाले भनेको सक्नु पर्छ भनेर कार्यलावाट फर्किदा त एक सय बिस पेज लेखेर मलाई बुझायौ । मलाई निकै पछुतो लाग्यो । आत्मग्लानि जस्तो पनि भयो । कता कता गौरव अनुभूति पनि हुन पुग्यो । तिमी सानै देखि लगनशील र निकै होनहार थियौँ । ‘पढ’ कहिले भन्न परेन ‘नपढ’ मात्र भन्न पर्‍यो । तिमी जस्तो लगनशील थियौँ । तिम्रो प्रगति पनि त्यसरी नै सरल रेखामा गइरहेको छ । हिजो मात्र पल्लो घरका ज्ञानेन्द्र अङ्कलले ‘योजना गरे जस्तो गरी नानीको जीवन पद्धति अगाडि गइरहेको छ शर’ भनेर मलाई बताइरहनु भएको थियो । तिमी विश्वविद्यालयको स्नातकोत्तर तहमा सर्वोकृष्ट भएकै वर्ष जागिरको प्रतिष्प्रधामा सर्वोकृष्ट बनी काम सुरु गरेकी छौँ । यही गतिमा तिम्रो भविष्य बन्दै जाओस् शुभकामना छ । यी विषयले तिम्रो विनयशीलतामा अझ निखार आओस् । श्रमको मूल्यलाई सम्मान गर्ने आदत बसोस्  ।

हामी सबै सन्चै भएको र तिमीहरूको हालखबर पनि फोनमा हुने कुराकानीबाट जानकारी भएकै छ । तथापि अहिले घरको तिम्रो कोठा शून्य छ । आफन्त र छिमेकीले उनको खबर के छ भनेर सोधिरहेका छन् । सबै ठिकै छ, भनिरहेका छौँ । तिम्रो भिन्न खालको जीवन पद्धति र दिनचर्याका बारेमा भेटमा विस्तारमा कुरा गरौला । यी सबै विषयवस्तुलाई हामीले स्वाभाविक रूपमा लिई रहेका छौँ । चित्त बुझाउने प्रयास गरिरहेको छौँ । यो कुरा तिमी हामीले मात्र व्यहोर्न परेको होइन । विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ र यो प्राचीन कालदेखि मानव समाजमा चलिआएको एउटा संस्कार हो । जीवनमा नयाँ परिबेसबाट नयाँ ज्ञान सिक्ने अवसरका रूपमा आफूलाई रूपान्तरण गर्ने प्रयास गरिरहनु । 

तिम्रो बाबा 

प्रतिक्रिया दिनुहोस