२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न परिवारलाई घर बनाइदिँदै देवचुली नगरपालिका

अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । चालु आर्थिक वर्षमा २५ घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको उनले बताए । सबै वडामा कम्तीमा एक अतिविपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

‘सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अतिविपन्न परिवार छनोट गरेका छौँ, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘अतिविपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षितरूपमा घरमा बस्नसमेत पाउनेछन् ।’

नगरपालिकाले दुई चरणमा २५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा २० घरको काम सुरु गरिएको छ । थप पाँचको प्रक्रिया अघि बढेको नगरपालिकाका इञ्जीनियर टीकाराम बस्यालले जानकारी दिए । सबै वडामा एक–एक वटा अतिविपन्न परिवारका लागि घर निर्माण हुने छ । त्यस्तै वडा नं २, ४, ७, ८, ९, १२, १५ र १६ थप एक–एक वटाका दरले गरी २५ घर निर्माण हुने उनले बताए ।

देवचुलीले चालु आर्थिक वर्षमा अतिविपन्न परिवारका लागि घर निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेको छ । प्रतिघर करिब रु छ लाख ७५ हजारको लागत लाग्ने जनाइएको छ । नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अतिविपन्न परिवारलाई हस्तान्तरण गर्ने इञ्जीनियर बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस