काठमाडौँ । पोखरा महानगरपालिकाले नगर प्रहरी जवान पदमा भर्ना आव्हान गरेको छ ।
महानगरले आइतबार नगर प्रहरीमा करारका लागि भर्ना आव्हान गरेको हो । महानगरले खुला (२७ जना) महिला (४ जना) आदिवासी जनजाति (७ जना) मधेसी (६ जना) दलित (३ जना) र पिछडिएको क्षेत्र (१ जना) गरी जम्मा ४८ जनाको लागि भर्ना खुला गरेको छ ।
दरखास्त दिने अन्तिम मिति चैत्र २८ गते सम्म रहेको महानगरले जनाएको छ । नगर प्रहरी जवानको हकमा चैत्र २७ गते सम्म १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने छ ।
सम्बन्धित समाचार : नगरी प्रहरीमा भर्ना खुल्दै
हेर्नुहोस् महानगरले आह्वान गरेको सूचना :
