नेपालको साक्षरता दर ७६.३ प्रतिशत « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालको साक्षरता दर ७६.३ प्रतिशत


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत कम रहेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसङ्ख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस